बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

यस्तो बानीले मिर्गौला फेल

शनिबार, २९ पुस २०७४, १२ : ५०
शनिबार, २९ पुस २०७४

मिर्गौला मानव शरीरको महत्वपूण अंग हो । मिर्गौला नभएमा मानिसको जीवन सम्भव छैन । त्यसैले मिर्गौलाबारे सचेत हुन आवश्यक छ । पछिल्लो समस्या मिर्गौला रोगीको संख्या पनि अत्यधिक मात्रामा बढिरहेको छ । त्यसैले मिर्गौला संरक्षणका लागि यस्ता बानी गर्नु हुँदैन :

पिसाब रोक्नु
पिसाबलाई रोकेर राख्दा मूत्रथैली भरिन सक्छ र परिवर्तन हुन पाउँदैन । जसका कारण पिसाब मिर्गौलातर्फ जान सक्छ । पिसाबमा यस्ता ब्याक्टेरिया हुन्छन् जुन मिर्गौलाका लागि खतरनाक मानिन्छ ।

पानी कम या बढी पिउनु
दिनमा करिब ८-१० ग्लास पानी पिउनु आवश्यक हुन्छ । योभन्दा कम पानी पिउँदा शरीरमा जम्मा भएको टक्सिन्सले मिर्गौलाको क्रियाकलापमा असर पुर्‍याउँछ । आवश्यकभन्दा बढी पानी पिउँदासमेत मिर्गौलामा दाबाब सिर्जना हुन्छ र असर पर्न जान्छ ।

बढी मासु
मासुमा अत्यधिक प्रोटिन हुन्छ । शरीरमा प्र्रोटिनको मात्रा बढी भएमा मिर्गौलामा मेटाबोलिकको चाप पनि बढ्दै जान्छ । जसले मिर्गौलालाई ड्यामेज गराउन सक्छ ।

ओभरइटिङ
सामान्य मानिसभन्दा मोटो मानिसको मिर्गौला फेल हुने सम्भावना बढी हुन्छ । त्यसैले ओभरइटिङ पनि मिर्गाैलाका लागि हानिकारक छ । त्यो किनभने ओभरइटिङले मानिसको तौल बढाउँछ ।

नुनको बढी प्रयोग
बढी नुन खाने बानीले पनि मिर्गाैलालाई असर पार्छ । नुनमा भएको सोडियमले रक्तचापलाई बढाउँछ । जुन मिर्गौला खराबीको मुख्य कारण बन्न सक्छ ।

अनावश्यक औषधि
कतिपयको शरीरमा देखापर्ने ससाना समस्यामा पनि एन्टिबायोटिक या पेनकिलर्सको बढी प्रयोग गर्ने बानी हुन्छ । अत्यधिक औषधिको सेवनले मिर्गौलामा असर पर्न जान्छ । त्यसैले, डाक्टरको सल्लाहअनुसार मात्र औषधि सेवन गर्ने बानी गर्नु पर्छ ।

चुरोट/बिँडी
चुरोट र बिँडीको प्रयोगले शरीरमा टक्सिन्स जम्मा हुन थाल्छ । जसले मिर्गौला फेल गराउन सक्छ । यस्ता अम्मलका कारण रक्तचापसमेत बढ्न जान्छ । जसले मिर्गौलालाई असर पुर्‍याइरहेको हुन्छ।

इन्फेक्सनको हेलचेक्र्याइँ
जाडो मौसममा रुघाखोकी, टन्सिलजस्ता समस्या हुन्छन् । जसका कारण पोस्ट इन्फेक्टिब ग्लोमेरोनेफ्राइटिस नामक रोगसमेत लाग्न सक्छ । सो रोगको व्याक्टेरियाले मिर्गौलामा असर पुर्‍याउँछ ।

पर्याप्त नसुत्नु
अनुसन्धान भन्छ कि नियमित सात–आठ घन्टाभन्दा कम सुत्ने मानिसलाई उच्च रक्तचाप र मुटुरोगको सम्भावना बढी हुन्छ । यस्तो समस्याले मिर्गौला डिजिज गराउन पनि भूमिका खेल्छ ।

बढी पेयपदार्थ
बढी कोल्ड्रिंक्स वा सोडा पानी पिउनु पनि मिर्गौलाका लागि हानिकारक छ । यस्ता पेयपदार्थमा अर्थोफस्फोरिक एसिड हुन्छ । सो एसिडले मिर्गौला डिजिजको सम्भावना मात्र बढाउँदैन फेलसमेत गराउँछ ।

नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप