बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

हनिमुन मनाउन गएकी नायिकामाथि आइलाग्यो आपत्, हेलिकप्टरबाट उद्धार

शनिबार, २९ पुस २०७४, १३ : २३
शनिबार, २९ पुस २०७४

मुम्बई । सन् २०१२ मा हेट स्टोरी स्टोरीबाट बलिउडमा डेब्यु गरेकी पाउली दाम यतिबेला हनिमुन मनाउन स्वीटजरल्याण्डमा छिन् । तर, त्यतिनै बेला उनीमाथि आपत् आइलाग्यो ।

पाउली र उनका पति अर्जुन देव स्वीटजरल्याण्डको गार्नग्रेटस्थित एक रेस्टुरेन्टमा बसिरहेका थिए । त्यही बेला त्यस क्षेत्रमा भारी हिमपात भएको थियो । जसको कारण त्यस क्षेत्रसँग सम्पर्क टुटेको थियो ।

रेलवे सेवादेखि बाँकी सबै बाटो बन्द भएको थियो । जसले गर्दा रेस्टुरेन्टमा फँसेका उनी लगायत अन्य पर्यटकलाई हेलिकप्टरबाट उद्धार गर्न परेको थियो ।

पाउलीले गत डिसेम्बर ४ मा गुवाहटीका एक रेस्टुरेन्टका मालिक अर्जुन देवसँग विवाह गरेकी थिइन् ।

बंगाली रितिरिवाजमा गरिएको विवाहमा दुवै परिवारका सदस्यसहित सिमित पाहुनाहरु उपस्थित थिए ।

पछिल्लो दुई वर्षदेखि पाउली र अर्जुन एक अर्कालाई डेट गरिरहेका थिए ।

पाउलीले हेट स्टोरीबाहेक अंकुर अरोडा मर्डर केस, गैंग अफ घोस्टस र यारा सिली सिली लगायत चलचित्रमा काम गरेकी छिन् ।

उनी बंगाली चलचित्रमा निकै सक्रिय रहेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप