शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अन्तर्राष्ट्रिय युवा सम्मेलन काठमाडौंमा सुरु

शनिबार, २९ पुस २०७४, १५ : २३
शनिबार, २९ पुस २०७४

काठमाडौं –विश्वभरका युवाहरुका साझा समस्या र सरोकारबारे छलफल गर्न विभिन्न ३३ राष्ट्रका युवा प्रतिनिधि काठमाडौंमा भेला भएका छन् । युवा संसद नेपालले आयोजना गरेको ‘ग्लोबल युथ पिस कन्फ्रेन्स २०१८’ मा सार्क राष्ट्रसहित अमेरिका, क्यानडा, अष्ट्रेलिया, इथियोपिया, युगान्डा,जापान, फिलिपिन्स, थाइल्याण्ड लगायतका देशकासहित १ सय ३० जना युवाको सहभागिता छ ।

विश्व युवा शान्ति सम्मेलनको अन्तरिम मन्त्रिपरिषदका पूर्व अध्यक्ष एवं प्रधानन्यायाधीश खिलराज रेग्मीले काठमाडौंको राष्ट्रिय सभामा भव्य समारोहकाबीच उद्घाटन गरे । सम्मेलनको उद्घानटन गर्दै रेग्मीले विश्वभरका युवा प्रतिनिधिलाई नेपालमा स्वागत गनै पाएकोमा खुसी व्यक्त गरे ।

सो क्रममा युवा संसद नेपालका संयोजक दिवाकर अर्यालले युवाहरुको साझा एजेण्डा र आवश्यकताबारे छलफल गरि भावी रणनीति तय गर्न सम्मेलन आयोजना गरिएको बताए ।

उद्घाटन समारोहमा नेपालका लागि युरोपेली युनियनकी राजदूत वेरोनिका कोडीले विश्वभरका युवाहरुको साझा सरोकार सम्बोधन गर्न र दिगो शान्ति स्थापना गर्न ईयुले सहयोग गर्ने बताए ।

नेपालका लागि बंगलादेशकी राजदूत मास्फी विन्ते श्याम्सले बंगलादेश सरकारले आफ्नो देशमा युवा उद्यमशीलता बढाउन प्रयास गरिरहेको बताए ।

आइतबारसम्म चल्ने सम्मेलन काठमाडांै घोषणापत्र जारी गर्दै सम्पन्न हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप