नगदसहित छ जुवाडे पक्राउ
शनिबार, २९ पुस २०७४, १५ : ४०
इटहरी- इटहरी उपमहानगरपालिका–२० तरहरा क्षेत्रमा रहेको काबेली होटलमा गए राति जुवा तास खेलिरहेको अवस्थामा रु ७६ हजार नगद र चार बुङ ताससहित छ जनालाई रंगेहात पक्राउ गरिएको छ ।
प्रहरी चौकी तरहराका प्रहरी टोलीले सुराकका आधारमा जुवा तास खेलिरहेको अवस्थामा इटहरी–५ का ३५ वर्षीय वीरेन सुब्बा, इटहरी–१ का ४१ वर्षीय घनश्याम न्यौपाने, इटहरी–४ का ३५ वर्षीय मिनष राईलाई पक्राउ गरेको हो ।
त्यसैगरी इटहरी–४ का ४६ वर्षीय बाबुराम लिम्बू, मोरङको सुन्दरहरैचा–३ का ३५ वर्षीय बिपी श्रेष्ठ र सोही नगरपालिका–६ का २९ वर्षीय तीर्थ पराजुलीलाई सोही स्थानबाट जुवा तास खेलिरहेको अवस्थामा पक्राउ गरी कारबाहीका लागि इलाका प्रहरी कार्यालय इटहरीको प्रहरी हिरासतमा राखिएको प्रहरीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाबुरामलाई गंगाको प्रश्न : माओवादी कसरी दुस्मन शक्ति भयो ?
-
झुलाघाट नाका पुनः सञ्चालनमा
-
सोमपालले नै दिलाए नेपाललाई तेस्रो सफलता
-
बाबुरामलाई राष्ट्रपति दिएको भए १५ दिनमा पार्टी एकता हुन्थ्यो : यादव
-
तत्काल ‘वामपन्थी एकता’ नदेख्ने ओलीको ३१ पन्ने प्रतिवेदन
-
तीन हप्ताको अल्टिमेटम दिँदै केसीले दिए सत्याग्रहको चेतावनी