शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पाँच नं प्रदेशको मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

शनिबार, २९ पुस २०७४, १५ : ४८
शनिबार, २९ पुस २०७४

दाङ- राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दाङमा ५ नं प्रदेशको मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । 

दाङ देउखुरी जिल्ला अदालतका न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत हेमन्त रावलको अध्यक्षता एवं नागरिक समाज दाङका संयोजक टीकाराम रेग्मीको प्रमुख आतिथ्यतामा शनिबार घोराहीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । 

आगामी माघ २४ गते हुने निर्वाचनका लागि ५ नं प्रदेशको दाङ देउखुरी जिल्ला अदालतमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । मुख्य निर्वाचन अधिकृतले राष्ट्रियसभा निर्वाचन प्रक्रियासँगै राष्ट्रियसभाका मतदाता प्रदेश सांसद, स्थानीय तहका प्रमुख, उपप्रमुख र जिल्ला समन्वय समितिका प्रमुख–उपप्रमुख रहने व्यवस्था रहेको छ । प्रदेश नं ५ मा १२ जिल्ला रहेका छन् । निर्वाचन प्रक्रिया माघ ७ गतेदेखि शुरु हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप