शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सम्धीलाई प्रदेश प्रमुख बनाउन महन्थ ठाकुरले गरे सिफारिस

शनिबार, २९ पुस २०७४, १५ : ५७
शनिबार, २९ पुस २०७४

काठमाडौं–नेपाल सरकारले नियुक्त गर्ने प्रदेश प्रमुखका लागि मधेशवादी दलले पनि आफ्नो दावी पेश गरेका छन् । 

दुई नम्वर प्रदेशमा प्रदेश प्रमुख नियक्तिका लागि मधेशवादी दुई दलले दुई जनाको नाम सिफारिस गरेका हुन् ।

संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालले आ–आफ्नो पार्टीबाट प्रदेश प्रमुखका लागि दुई जनाको नाम सरकारलाई बुझाईसकेका छन् । 

फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र राजपा नेपालका संयोजक महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रदेश प्रमुखका लागि आफ्नो तर्फबाट नाम बुझाएका छन् । यद्यपी सरकारले प्रदेश प्रमुखको नियुत्तीमा चाहिँ ढिलाई गरिरहेको छ । 

सोमवार बस्ने मन्त्रिपरिषद् वैठकबाट सरकारले प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुख तोक्ने सम्भावना छ । प्रदेश प्रमुख र अस्थायी राजधानी नतोक्दा प्रदेश सांसदको सपथ समेत रोकिएको छ । 

पुस २४ गते फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र राजपा नेपालका संयोजक महन्थ ठाकुरले प्रधानमन्त्री देउवासँग छुटाछुट्टै भेट गरेका थिए । सोही भेटमा उनीहरुले आफ्नो पार्टीको तर्फबाट प्रदेश प्रमुखका लागि नाम दिएको स्रोतले जनाएको छ ।
 
प्रधानमन्त्री नीजि सचिवालय स्रोतका अनुसार संयोजक ठाकुरले उमाकान्त झाको नाम दिएका छन् । उपेन्द्र यादवले रत्नेश्वर कायस्थको नाम बुझाएका छन् । यी दुवैजना नेपाल सरकारका पूर्व सचिव पनि हुन् ।
 
सचिवबाट अवकाश लिएपछि उनीहरु राजनीतिमा आएका थिए । उमाकान्त झा राजपाका महासचिव पनि हुन । उनी नेपाल सरकारका पूर्वसचिव पनि हुन । रत्नेश्वरलाल कायस्थ फोरम नेपालका सचिव हुन् । 

उमाकान्त झा राजाप नेता त हुन् नै उनी संयोजक ठाकुरका सम्धी पनि हुन् । उमाकान्तका छोरासँग आफ्नो छोरीको विहे गरेपछि ठाकुरले उमाकान्तलाई खिलराज रेग्मी नेतृत्वका सरकारमा मन्त्री बनाएका थिए ।

ठाकुरले दोस्रो संविधानसभामा आफ्नो सम्धिनी इन्द्रा झालाई समानुपातिक सांसद बनाएका थिए । अहिले पनि ठाकुरकी सम्धिनी इन्द्रा झाको नाम प्रतिनिधिसभा समानुपातिमा दोस्रो नम्बरमा नाम छ । यसको नजिता आउन वाँकी छ । इन्द्रा झा  यसपाली पनि प्रतिनिधिसभा संसद हुने सम्भावना छ । 

मधेशवादी दलमाथि राजनीतिमा परिवारका सदस्यलाई मौका दिने गरेको आरोप लाग्ने गरेको छ । 

यसबाहेक दुई नम्वर प्रदेशमा प्रमुख नियुत्तीका लागि काँग्रेस नेता विमलेन्द्र निधिले पनि एक जनाको नाम सिफारिस गरेको छ । 

निधिले लोकेन्द्र मल्लिकको नाम दिएका छन् । मल्लिक पूर्व न्यायाधीश हुन् ।

मधेशबाट यी तीनजनाको नाम प्रदेश प्रमुख नियुत्तीका लागि प्रधानमन्त्री देउवाको हातमा पुगिसकेको छ । 

यी तीनजनामध्ये कसको नाम राख्ने वा अन्य खोज्ने भन्ने सरकारको निर्णयमा भर पर्छ । मूलत प्रधानमन्त्री देउवाले यसवारे निर्णय लिन सक्छन् । 
राजाप नेपाल र फोरम नेपालले बुझाएको नाममध्ये कुनै एकजनाको नाम चयन हुनुपर्यो भने प्रधामन्त्री देउवाले उमाकान्त झाको नाम चयन गर्ने स्रोतका दावी छ । 

‘उमाकान्त झाका नाममा ठाकुर मात्र होइन, भारतको पनि सद्भाव रहेको छ । देउवा र ठाकुरको पनि सम्बन्ध राम्रै छ ।’ राजाप अध्यक्षमण्डलका एक सदस्यले रातोपाटीसँग भने, ‘लोकतान्त्रिक गठबन्धनका लागि ठाकुरले देउवालाई समर्थन गरेका थिए ।’

हुन त उपेन्द्र यादवसँग पनि चुनावमा काँग्रेसले सहकार्य गरेको थियो ।
काँगेसले उपेन्द्र यादवको क्षेत्रबाट आफ्नो उम्मेदवारी फिर्ता लिएको थियो भने फोरम नेपालले पनि ज्ञानेन्द्र कार्कीको क्षेत्रबाट आफ्नो उम्मेदवारी फिर्ता लिएको थियो । 

सिरहा–१ नम्बर प्रदेशमा पनि काँग्रेसका प्रदीप गिरीलाई सहयोग गरेको थियो भने काँग्रेसले पनि सुनसरीमा अशोक राईलाई सहयोग गरेको थियो । 
काँग्रेसले महन्थ ठाकुरलाई महोत्तरीमा सहयोग गरेको थियो ।

चुनावमा सहकार्य गरेको कारण अहिले पनि त्यसलाई निरन्तरता दिनका लागि लोकतान्त्रिक गठबन्धन बनाउने छलफल गरेको छ । 

नयाँ बन्ने सरकारमा मधेशवादी दलले लोकतान्त्रिक गठबन्धनलाई साथ दिने बताएका छन् । 

वाम गठबन्धनका केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा सहयोग नगर्ने राजपा नेपालका नेताहरु अभिव्यक्ति दिइरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप