शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

देशभरका नर्स अान्दाेलित

शनिबार, २९ पुस २०७४, १६ : ०८
शनिबार, २९ पुस २०७४

काठमाडौं– विभिन्न ११ बुँदे माग राख्दै देशभरका नर्सहरु आन्दोलित बनेका छन् । 
 सरकारले बनाएको ‘नर्स बिरामीको अनुपात’ सबै अस्पतालमा यथाशिघ्र लागु गरिनुपर्ने,  मानव अंग प्रत्यारोपण केन्द्रबाट निष्काशन गरिएका नर्सिङ कर्मचारीहरुलाई विनाशर्त  पुनर्बहाली गरिनुपर्ने,  अधिकारसहितको नर्सिङ सेवा महाशाखा पुनःस्थापना गरिनुपर्ने, सरकारी तथा निजी क्षेत्रमा कार्यरत नर्सहरुलाई लुगा भत्ता, रात्रिकालीन भत्ता, बिदा सुविधा र जोखिम भत्ताको व्यवस्था गरिनुपर्नेलगायतका ११ बुँदे माग राख्दै नर्सहरु आन्दोलित भएका हुन् । 


सो माग राख्दै आन्दोलित नर्सहरुले शनिबार बिहान १० देखि ११ बजेसम्म देशभरका अस्पतालमा एक घण्टा काम ठप्प समेत पारेका  छन् । 
बुधबारदेखि थालिएको आन्दोलन अन्तर्गत  पुस २६ र २७ मा कालो पट्टि बाध्ने, पुस २८, २९, ३० मा बिहान १० देखि ११ बजे काम ठप्प पार्ने कार्यक्रम थियो । 
 त्यस्तै माघ १,२, ३ मा बिहान १० देखि १ बजेसम्म र माघ ४,५,६ बिहान ८ देखि दिउसो ४ बजेसम्म कुनै पनि काम नगर्ने कार्यक्रम तय भएको नेपाल नर्सीङ संघकी कार्यबाहक अध्यक्ष गंगा थापाले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप