वाम गठबन्धनको सामु चुनौतिका पहाड छन्ः प्रचण्ड
काठमाडौं–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक स्थायित्व कायम गरि मुलुकलाई सुसासन र विकास उन्मुख गराउने विषय वामगठबन्धनका लागि चुनौतिपुर्ण भएको बताएका छन् ।
देशभक्त गणतान्त्रिक मञ्चले राजधानीमा शनिबार गरेको कार्यक्रममा अध्यक्ष दाहालले मुलुक धेरै अप्ठ्याराहरु पार गर्दे सही बाटोमा आएको भएपनि चुनौति हटिनसकेको बताए ।
संविधान कार्यान्वयन नभएन भने देश के हुने भन्ने द्धविधा, शंका र कयौ अप्ठारालाई पार गर्दै प्राप्त ऐतिहासिक उपलब्धि एउटा अवसर र चुनौति दुवै भएको उनको भनाई थियो । राजनितिक स्थायित्व, सुसासन र विकास वामगठबन्धनको औचित्य भएको भन्दै उनले चुनौतिलाई पार गर्दै अवसर उन्मुख हुनुपर्ने उल्लेख गरे ।
अध्यक्ष दाहालले संविधान कार्यान्वय भई राजनितिक संक्रमण हटिसकेको अवस्थामा राजनितिक नेतृत्व पनि निराशाको बीचमा नभई नया आत्मविश्वास र उत्साहका साथ अघि बढेको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा लगानी बढाउन रुसका उद्योगीलाई परिसंघको आग्रह
-
कतारका राजाले दिए नेपाल सरकार र जनतालाई धन्यवाद
-
भूमि व्यवस्था विभागका महानिर्देशकलाई मोसो दल्ने २ जना पक्राउ
-
‘मिलनविरुद्ध विरोधी राजनीतिक दलहरूले अफवाह फैलाए’
-
नीतिको विवाह २०२४ मा नहुने, यस्तो छ कारण
-
हिमालयन हाइड्रो एक्स्पोको तयारी सकियो, राष्ट्रपति पौडेलले उद्घाटन गर्ने