युनाईटेड फाईनान्सको २३ औं बार्षिक साधारण सभा सम्पन्न
!
काठमाडौं–युनाईटेड फाईनान्स लिमिटेडको २३औं बार्षिक साधारण सभा शनिबार राजधानीमा सम्पन्न भएको छ ।
कम्पनिका संचालक विष्णु कुमार अग्रवालको अध्यक्षतामा भएको साधारणसभामा विष्णु कुमार अग्रवालले पेश गरेको कम्पनीको आ.व.२०७३।७४ को बार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारित गरिएको थियो ।
उक्त साधारण सभाले गत आ.व. को मुनाफाबाट शेयरधनिहरुलाई १९प्रतिशत बोनस शेयर (कर अघि) स्विकृत गरेको छ ।
स्विकृती पश्चात फाईनान्सको चुक्ता पूँजी रु. ८० करोड पाँच लाख पुगेको जनाइएको छ । कम्पनिको सञ्चित कोषमा रु.१६ करोड १३ लाख रहेको छ । गत आ.व. मा कम्पनीले रु. ५ अर्ब ४४ करोड निक्षेप संकलन गरि सो अवधिमा विभिन्न क्षेत्रमा रु. ४ अर्ब ६८ करोड कर्जा लगानी गरी संचालन मुनाफा रु. १८ करोड ८७ लाख र खुद मुनाफा रु. ११ करोड ९२ लाख आर्जन गरेको जनाएको छ । त्यस्तै फाइनान्सले खराब कर्जा ०.३८ प्रतिशत कायम राख्न सफल भएको छ ।
साधारण सभाबाट ०७३÷७४ को नाफाबाट १९ प्रतिशत बोनस शेयर प्रदान गरी उक्त शेयर जारी गरे पश्चात राष्ट्र बैकले तोकेको चुक्ता पुजी पुगेकोले २२ औं साधारण सभामा पारित गरिएको २० प्रतिशत हकप्रद शेयर रद्ध÷खारेज गर्ने प्रस्ताव पारित गरेको छ । त्यस्तै भारत, कोची स्थित मुत्तुट फाईनान्सलाई वैदेशिक रणनीतिक साझेदारको रुपमा भित्राउन आवश्यक कार्य गर्न संचालक समितिलाई पूर्ण रुपमा अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव समेत पारित भएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
उपनिर्वाचनमा तीन चरणको सुरक्षा योजना
-
विद्यमान कानुनी संरचनाबाट सहकारी समस्या समाधान नहुने सरकारको निष्कर्ष
-
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी र बदमासी अन्त्य गर्न श्रम मन्त्रालयलाई निर्देशन
-
एमाले परित्याग गर्ने भीम रावलको संकेत, भने–एउटा घुम्तीमा पुगेँ
-
५२० मिटर सडक खनेर झण्डै ३९ लाख भ्रष्टाचार, ९ जनाविरुद्ध मुद्दा