शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बाँसुरी र तबलाको धुनसँगै गुञ्जियो नाचघर

आइतबार, ३० पुस २०७४, १३ : ५६
आइतबार, ३० पुस २०७४

काठमाडौं – लामो समयदेखि जापानमा बसेर नेपाली गीत संगीतको प्रवर्धनमा क्रियाशिल चौतारी व्याँडका बाँसुरीवादक पञ्च लामा, तबलावादक श्रवण लामा र जापानी कलाकार तेराकादो मित्सिगुले शुक्रबार साँझ आफ्ना लोक सँगीतिक धुनबाट दर्शकलाई मन्त्र मुग्ध तुल्याए । 

सांस्कृतिक संस्थानको आयोजनामा राजधानीको जमल स्थित नाचघरको प्रेक्षालयमा यी तीन कलाकारले विभिन्न नेपाली र जापानी धुनबाट दर्शकको मन जिते ।

नेपालका सुन्दर दृष्यहरु समेटिएको आफंैले तयार गरेको नेपाली लोक साँगीतिक बृत्तचित्र ‘सुन्दर नेपाल’को प्रदर्शनसँगै ‘चौतारी साँझ–२०७४’ गरिएको थियो । 

पहिलो प्रस्तुतिमा पञ्च लामाले बाँसुरी मार्फत मनकामना धुन प्रस्तुत गरे । यसपछि पञ्च र श्रबणले बाँसुरी र तवलाको फ्युजन धुन प्रस्तुत गरे ।
 
अघिल्लो प्रस्तुतिमा प्रकाशको किरणलाई पछ्याउँदै पञ्च र श्रबणले बाँसुरी र तवलाको धुन ‘जर्नी थ्रो द लाईट’ शिर्षकमा प्रस्तुत गर्दा जापानी कलाकार तेराकादो मित्सिगुले गिटारमा साथ दिए । सोही क्रममा यी तीनले जापानी धुन ‘टोकियो नाईट धुन’ पनि प्रस्तुत गरे ।
 
यी दुई धुनसँगै उहाँले फ्युजन गरेर ‘द मेलानकोली नोट इन काठमाडौं’ शीर्षकमा प्रस्तुत गरिएको काठमाडौंका केही स्थानीय धुनहरूले कार्यक्रमको रौनक बढाएको थियो । यही क्रममा उनीहरुले एकान्छा शिर्षकमा नेपाली लोक धुन प्रस्तुत गरे ।

अघिल्लो चरणमा ‘सी वेभ’ शिर्षकमा बाद्यबादनबाट यी कलाकारले प्रस्तुत गरेको समुद्रको छाल धुन होस या ‘द हिमालयन’ शिर्षकका हिमाली क्षेत्रका  लोक धुनहरु हुन् ।

यस्ता धुनमा कलाकार त्रयलाई दर्शकले तालीले निरन्तर साथ दिए । अझ उनीहरुको ड्रम सेसनको प्रस्तुत निकै उर्जायुक्त थियो । ड्रम सेसनअन्तर्गत ड्रमबाट श्रवण र बाँसुरीबाट पञ्चबीच युगल वादन प्रस्तुत भएको थियो । 
कार्यक्रमका अन्तिम चरणमा पञ्चले एकल बाँसुरी धुन प्रस्ूतुत गर्दा दर्शकले फेरी तालीले साथ दिए । 

‘क्याराभान’ र ‘बनचरी’ शिर्षकका लोकधुनमा यी तीन कलाकारको प्रस्तुति बेजोड थियो । उनीहरुले मौलिक धुनअन्तर्गत मुरलीको माध्यमले विभिन्न चराको आवाज र गीत सुनाएर वनचरी भाका प्रस्तुत गरेका हुन् । ‘डान्सिङ बर्ड’ शिर्षकको धुन पनि त्यत्तिकै मिठयो थियो ।

‘लाम्बादा’ शिर्षकमा साँगीतिक धुनसँगै यी तीनले चौतारी साँझ–२०७४ ट्युग्याए । पौने दुई घन्टाको यो कार्यक्रममा पञ्च, श्रवण र तेराकादोले १४ ओटा धुनहरू प्रस्तुत गरे । 

सर्लाहीको हरिवन नगरपालिका ५ स्थित चेतना सन्देश नेपालद्धारा सञ्चालिन द्धन्द्ध पीडित बाल गृहका लागि यो चौतारी साँझमा पञ्च र श्रबण लामाले १२ लाख रुपैयाँ सहयोग प्रदान गरे । 

बिगतका वर्षमा जस्तै यस पटक पनि नेपाली र जापानीसँगीतलाई एकै थलोमा प्रस्तुत गर्न ‘चौतारी साँझ–२०७४’ आयोजना गरिएको संस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप