शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

च्याम्पियन्स ट्रफीको खेल हेर्न ओभल पुगे माल्या, ‘चोर, चोर’ भन्दै हुटिङ

सोमबार, २९ जेठ २०७४, १५ : २३
सोमबार, २९ जेठ २०७४

लण्डन – भारतीय व्यापारी विजय माल्या आइतबार आइसीसी च्याम्पियन्स ट्रफीअन्तरगत भारत र दक्षिण अफ्रिकाबीचको खेल हेर्न ओभर एरिना पुगेका थिए ।

ऋण तिर्न नसकेर फरार रहेका माल्या यसअघि विराट कोहली फाउन्डेसनको ‘च्यारिटी डिनर’ मा पुगेका थिए । त्यतिबेला उनको निकै आलोचना भएको थियो ।

आइतबार ओभलमा खेल हेर्न पुग्दा उनलाई भारतीय समर्थकहरुले निकै बेर हुटिङ गरेका थिए ।
आकाशे निलो कोट लगाएर स्टेडियमको चर्चित सर ज्याक हब्स गेटमा पुग्दा केही समर्थकहरु ‘चोर, चोर’ भन्दै चिच्याएका थिए ।

सामाजिक सञ्जालमा सेयर भएको भिडियोमा एक समर्थकले ‘हेर चोर स्टेडियम छिर्दै छ’ भन्दै गरेको सुन्न सकिन्छ ।

युबी ग्रुपका पूर्व प्रमुख रहेका माल्यालाई भारत फिर्ता लान सरकारले निकै प्रयास गरिरहेको छ । 

विभिन्न बैंकको ९ हजार करोड ऋण तिर्न बाँकी रहेको बेला माल्या गत वर्ष भारतबाट भागेर बेलायत आइपुगेका हुन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप