शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ध्वाँसे चितुवाको छाला र हड्डीसहित दुई जना पक्राउ

बुधबार, ०३ माघ २०७४, ०७ : ५९
बुधबार, ०३ माघ २०७४

तनहुँ - तनहुँको आँबुखैरेनीबाट ध्वाँसे चितुवाको तीन थान थान छाला र हड्डी सहित दुई जना पक्राउ परेका छन् । आँबुखैरेनी गाँउपालिका ४ बाट उनीहरु पक्राउ परेका हुन् । 

पृथ्वीराजमार्ग सडक खण्ड अनतर्गत मुग्लिङ पुल नजिकै उनीहरुलाई केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी र इलाका प्रहरी कार्यालय आँबुखैरेनीको संयुक्त टोलीले विशेष सूचनाका आधारमा पक्राउ गरेको हो । 

बा १५ च ७४५६ नम्बरको स्कोरपियो गाडीलाई रोकेर खानतलासी लिने क्रममा उनीहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

पक्राउ पर्नेमा गोरखा बारपाक सुलिकोट गाउँपालिका २ का ३५ वर्षीय इटबहादुर घले र गाडी चालक नुवाकोट सुनखानी गाउँपालिका ३ का २८ वर्षीय भीमबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षकउमेश राज जोशीले जानकारी दिए । 

उक्त गाडीसहित कालो रंगको सुटकेश भित्र लुकाई ३ थान ध्वाँसे चितुवाको छाला र ५ किलो ५ सय ५० ग्राम हड्डीसमेत प्रहरीले बरामद गरेको छ। 

उनीहरुलाई थप अनुसन्धानका तथा कारवाहीका लागि जिल्ला वन कार्यालय तनहुँलाई हस्तान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख उमेशराज जोशीले रातोपाटीलाई जानकारी दिए ।

दमौलीमा लागु औषधसहित युवक पक्राउ
तनहुँको ब्यास नगरपालिका वडा नं ४ दमौली स्थितमा गत पुस ३० गते  दिउसो शंकास्पद रुपमा भेटीएका एक युवक लाई नियन्त्रणम लिइ खानतलासी गर्दा लागू औषध फेला परेको छ ।
ब्यास नगरपालिका वडा नं ६ स्थायी घर भइ अहिले ब्यास नगरपालिका वडा नं २ बस्ने बर्ष २९ का कुमान सिंह बिकलाई नियन्त्रणमा लिई शरिर तलासी लिदा उनको साथबाट लागु औषध डाईजेपाम ८, फेनरागन ८ र नुफिन ८ थान फेला परेकोले जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण श्रेष्ठ
किरण श्रेष्ठ
लेखकबाट थप