शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हात्ती महोत्सवमा तीन लाख नाफा

बुधबार, ०३ माघ २०७४, ०८ : ११
बुधबार, ०३ माघ २०७४

चितवन - चितवनको रत्ननगरस्थित सौराहामा हालै सम्पन्न चितवन हात्ती महोत्सवमा तीन लाख नाफा भएको छ । 

क्षेत्रीय होटल संघ चितवनको आयोजनामा पुस ११ देखि १५ गतेसम्म चलेको १४औँ चितवन हात्ती महोत्सवको मंगलबार आयव्यय सर्वजनिक गर्दै संघले रु तीन लाख तीन हजार ८४५ नाफा भएको जनाएको छ । 

चितवनको सौराहामा संघको मंगलबार भएको सोह्रौँ वार्षिक साधारणसभाका क्रममा सहकोषाध्यक्ष गंगा गिरीले हात्ती महोत्सवमा कूल रु ३८ लाख ७८ हजार ७०० आम्दानी भएको र ३५ लाख ७४ हजार ८५५ खर्च भएको जानकारी दिए । 

धेरै हात्तीका गतिविधि समेटेर आयोजना हुने चितवन हात्ती महोत्सव नेपालकै पहिलो र एक मात्रै महोत्सव हो । सो महोत्सवमा हात्ती दौड, हात्ती फुटबल, हात्ती पोलो, हात्ती सुन्दरी, हात्ती शृंगार, हात्तीको पिकनिक लगायतका कार्यक्रम भएका थिए । 

सो क्रममा क्षेत्रीय होटल संघ चितवन, सौराहाका अध्यक्ष सुमन घिमिरेले यो वर्ष चितवनको पर्यटन विकासका लागि छिमेकी जिल्लासहित भारतमा समेत प्रचार अभियान सञ्चालन गरिने बताए । 

नेपाल पर्यटन वोर्ड, रत्ननगर नगरपालिका तथा विभिन्न संघसंस्थाको सहकार्यमा पर्यटन प्रचार अभियान हुने जनाइएको छ । अहिलेसम्म सौराहामा ३० प्रतिशत आन्तरिक पर्यटक आएकाले यसलाई ५० प्रतिशत बनाउन सके पनि पर्यटन व्यवसाय फस्टाउनेमा घिमिरेको जोड छ । चितवनको सौराहामा सुविधायुक्त ११० होटल छन् भने करिब ६० वटा रेस्टुरेन्ट छन् । यहाँ दैनिक दुई हजार ८०० पर्यटक बस्न सक्ने क्षमता छ । चितवनमा वार्षिक करिब दुई लाख पर्यटक आउने तथ्यांक छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप