कतारमा पाँच नेपालीलाई उत्कृष्ट कामदारको अवार्ड
दोहा–कतारको एक प्रतिष्ठित कम्पनी एबल ईन्टरनेश्नल अन्र्तगत रहेको एरोस (द स्र्पोट्स एण्ड रिकिरियसनल अरगनाईजेशन)ले आफ्नो बार्षिकोत्सव तथा नयाँ बर्षको अवसर पारेर कामदारलाई अवार्ड वितरण गरेको छ । कम्पनीमा कार्यरत हरेक विभागका १ कर्मचारीलाई बर्षभरिको उत्कृष्ट कामदार घोषणा गर्दै नगद पुरस्कारसहित प्रमाणपत्र र ट्रफी प्रदान गरेको हो ।
विभिन्न सात देशका १ हजार ५ सय जनाभन्दा बढी कामदारहरु रहेको उक्त कम्पनीको व्यवस्थापनादेखि कामदारहरुको साझा संस्थाको रुपमा एरोसले काम गर्दै आएको छ । हरेक बर्षजस्तै यो बर्ष पनि नयाँ बर्ष तथा बार्षिकोत्सव अवसरमा बर्षभरि आफ्ना कामदारले गरेको कामको मुल्याङ्गकन गर्दै अवार्ड दिएको हो ।
अवार्डमा विभागीय कर्मचारी अन्र्तगत पाँच नेपालीसहित २६ जना उत्कृष्ट कामदार घोष्ाित भएका छन् । लेखापालमा तिलकराज पराजुली, सुपरभाईजरमा दिनेश अधिकारी, चालक दलमा प्रकाशबहादुर शाही र रमेश गुरुङ्ग साथै साधारण कामदारमा हेमबहादुर भारतीलाई कम्पनीले बर्षको उत्कृष्ट कामदार घोषणा गरेको थियो । त्यस्तै, मार्केटिङ्गमा मोल्ला, अप्रेसनमा मुन्ताज, ग्यारेजबाट निफाम सहित २६ जना बर्षकै उत्कृष्ट कामदार बने ।
कार्यक्रम कतारका लागि भारतीय राजदूत पी कुमारनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत पीले कम्पनीमा कार्यरत कामदारहरुको लागि एरोसले उत्कृष्ट काम गर्दै अरुहरुका लागि एउटा उदाहरण पस्केको बताए ।
उनले भने ‘म यो कार्यक्रममा आउने निर्णय गर्नुभन्दा पहिले ३ दिन सम्म कम्पनी र यो संस्थाको बारेमा बुझ्ने कोशिष गरेको थिए । यसले गरेको कामबाट म आर्कषित भएकै कारण मैले यो कार्यक्रमको निम्तो स्वीकार गरेको हुँ । भोलीका दिनमा पनि कामदार र व्यवस्थापन बीचको घनिष्ट सम्बन्ध बनाउन यो संस्थाले पुलको काम गर्ने विश्वास लिएको छु ।
’ कार्यक्रममा एरोसका अध्यक्ष मुजाब रहमान इके, कम्पनीका स्पोन्सर सईद साद आरएचअल सुबई र प्रबन्धक निदेशक सिद्धिक पुराईल लगायत विशिष्ट पदमा कार्यरत र्कचारी तथा कामदारहरुको उपस्थिति रहेको थियो । नयाँ वर्षको अवसर पारेर विभिन्न खेलकुद कार्यक्रमहरु पनि सम्पन्न भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्डविरुद्ध खनिए बाबुराम–'चुनाव क्षेत्र छोडेर निस्वार्थ सहयोग गरेँ,अहिले मविरुद्ध अशोभनीय हर्कत गर्दै छन्'
-
१६ औँ पञ्चवर्षीय योजनामा आर्थिक समृद्धिका आधारभूत तत्त्व पहिलो प्राथमिकतामा पर्नुपर्छ: पूर्व अर्थमन्त्री खतिवडा
-
साइबर ब्यूरोले सोधपुछ गरेको युवकले सिटामोल खाएको पुष्टि
-
विश्व ट्रायथलन महासंघकी अध्यक्ष नेपालमा
-
१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री
-
एसियाबाट नेपालले जित्यो ‘आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड’