शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सामाजिक उत्तरदायित्व अन्तर्गत नाडाबाट मोटरसाइकल प्रदान

बिहीबार, ०४ माघ २०७४, १३ : ४३
बिहीबार, ०४ माघ २०७४

काठमाडौ– नाडाले सामाजिक उत्तरदायित्व अन्र्तगत काठमाडौ प्रहरीलाई युएम कमाण्डो २३० सीसी  मोटरसाइकल प्रदान गरेको छ । 
बुधबार आयोजित कार्यक्रममा नाडाका तर्फबाट अध्यक्ष अन्जन श्रेष्ठले महानगरीय प्रहरी परिसर काठमाडौका प्रहरी उपरिक्षक रामदत्त जोशीलाई सो मोटरसाइकलको साँचो हस्तान्तरण गरेका हुन् ।

नाडाबाट प्रत्येक बर्ष प्रदर्शनीमार्ग, भृकुटी मण्डप परिसरमा आयोजना हुँदै आएको नाडा अटो शो को शान्ति शुरक्षा तथा ट्राफिक व्यवस्थापन लगायतका विषयहरुमा प्रहरीले गरेको व्यवस्थापनप्रति नाडाले आभार व्यक्त गर्दे यसबाट नाडा र प्रहरी संगठनविच पारस्परिक सहयोगको सम्बन्ध विस्तार हुने मात्र नभई त्यस प्रहरी बृत्तलाई आफनो जिम्मेवारी अनुरुप आम जनताको सेवा गर्न थप सहयोग पुग्ने अपेक्षा समेत नाडाले राखेको छ ।
 
कार्यक्रममा नाडाका पुर्व अध्यक्ष सौर्य राणा, महासचिव कृष्णप्रसाद दुलाल, सचिव दीपककाजी तुलाधर कोषाध्यक्ष सुनिल रिजाल लगायत केन्द्रिय कार्य समिति सदस्यद्धय अनुप बराल, कपिल शिवाकोटी, नन्दकिशोर शाही र प्रकाश कपुरी समेतको उपस्थिति रहेको थियो ।
 नाडाले आफनो सामाजिक उत्तरदायित्व अन्तर्गत विगतमा पनि प्रहरी संगठनको सक्षमता विस्तारका लागि मोटरसाइकल हस्तान्तरण गर्दे आएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप