शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मःमका साथमा कोका–कोला मो:मोत्सव

बिहीबार, ०४ माघ २०७४, १४ : २१
बिहीबार, ०४ माघ २०७४


काठमाडौं– यसवर्ष पनि उपभोक्ताले बिभिन्न प्रकारका तातो–तातो मःमसँग चिसो कोका–कोलाको मज्जा लिन सक्ने भएका छन् । कोका–कोला मोः मोत्सव यस वर्र्षपनि उपभोक्तासामु आएपछि उपभोक्तालाई यसको अवसर मिलेको हो ।
कोकाकोलालाले जारी गरेको विज्ञप्तिमा महोत्सवमा साहभागी चर्चित कलाकार तथा खानाका पारखी नायिका प्रियंका कार्कीका साथै स्वस्तिका खड्का र बर्षा सिवाकोटीले विभिन्न आउटलेटहरुको भ्रमण गर्नेछन् । 
उपत्यका बाहिर पोखरा र भरतपुरमा समेत उनिहरुको उपस्थिति रहनेछ । उत्सवमा सहभागिता जनाउने उपभोक्ताले नयाँ अनुभव हाँसिल गर्न सक्नुकासाथै उत्सवलाई रंगिन र शानदार बनाउन  सहभागि कलाकारहरुले आश्र्चयजनक रुपमा विभिन्न कलेजहरुमा समेत भ्रमण गर्न सक्नेछन् । 
अभियानले उपभोक्तालाई आफ्नो मनपर्ने कलाकारसँग भेट्ने र बसेर कोक र मःम खाने अवसर समेत प्रदान गर्दै आइरहेको जनाएको छ । 
उत्सवमा सहभागी हुनका लागि कोका–कोला र मःमसँग आफ्नो सेल्फि खिचि कोकएण्डमम२०१८ का साथ एट  कोकाकोलानेपाल ट्याग  गरी आफ्ना पोस्टहरु पब्लिक गर्नुपर्ने हुन्छ । हरेक हप्ता भाग्यशाली बिजेताहरुले देशभरका आउटलेटहरुमा कोक र मःमको कम्बो कुपन जित्न सक्नेछन् ।  
बुधबार मोःमोत्सव शुभारम्भ गर्दै कोका–कोलाका कन्ट्रि डाईरेक्टर अम्बुज सिंहले कोकाकोला मोः मोत्सवले तेस्रो बर्षमा प्रबेश गरेको जानकारी दिदै नेपालीको मनपर्ने खानासँग जोडिएर देशैभरी मोःमोउत्सव मनाउन गइरहेको बताए ।
उक्त अबसरमा बोटलर्स नेपालका प्रबन्ध निर्देशक पुनित भार्शनेले नेपालमा  विभिन्न परिकारका मःमसंग कोका–कोलाको साथले झन् माहौललाई  उत्सवमय बनाउंदै लगेको बताएका छन् ।
मोःमोत्सव काठमाडौं उपत्यका, पोखरा, चितवन, धरान, इटहरी र बिराटनगरका विभिन्न रेष्टुरेन्टहरु तथा भोजनालयहरुमा आयोजना हुँदैछ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप