शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सलमान खानले चन्द्रागिरिको भ्रमण गर्ने

बिहीबार, ०४ माघ २०७४, १७ : १७
बिहीबार, ०४ माघ २०७४

काठमाडौं– बलिउड इन्डष्ट्रिजका चर्चित अभिनेता सलमान खानले चन्द्रागिरि हिल्सको भ्रमण गर्ने भएका छन् । दवाङ्ग इभेन्टका लागि आउँदो मार्चमा खान नेपाल आउने जनाइएको छ । सलमानखान निकटका मित्र तथा दवाङ्ग इभेन्टको व्यवस्थापन कम्पनी जेइ इभेन्टकोे तर्फबाट जर्डी पटेल, अडिल जगमगियाले चन्द्रागिरि हिल्स लिमिटेड परिसरको भ्रमण गरि उक्त कुरा जानकारी गराएका हुन । उनीहरुका साथै नेपालस्थित इभेन्ट व्यवस्थापन कम्पनी ओडीसी इन्टरटेन्मेन्टका प्रमु सिमान्त गुरुङ्ग पनि सहभागी थिए ।
खानको आसन्न भ्रमणको विषयमा थप जानकारीका लागि यहि शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरिएको जनाइएको छ । पत्रकार सम्मेलनलाई सोहिल खानले सम्बोधन गर्ने चनद्रागिरी हिल्स लिमिटेडले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप