बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

दुई वर्षभित्र सबै विद्यालयमा प्राविधिक विषय

शुक्रबार, ०५ माघ २०७४, ०९ : १०
शुक्रबार, ०५ माघ २०७४

तनहुँ - दुई वर्षभित्र तनहुँको सम्पुर्ण विद्यालयहरुमा प्राविधिक विषय ल्याउने प्रदेश सांसद आशा कोइरालाले बताएकी छन् ।

एकीकृत अखिल नेपाल शिक्षक संगठनको पाँचौ जिल्ला सम्मेलनमा उनले सो कुरा बताएकी हुन् । आजको आवश्यकता व्यवसायीक शिक्षा भएको हुँदा शिक्षा नीति परिवर्तन गरि व्यवसायी शिक्षा लागु गर्नुपर्ने बताइन् । 

सम्पुर्ण सरकारी शिक्षकहरुले आफ्नो छोराछोरी लाई सरकारी विद्यालयमा नै पढाउनु पर्नेमा उनले जोड दिइन् ।

त्यस्तै शिक्षकले विद्यालयमा राजनीति नगरी आफ्नो कर्तव्य जिम्मेवारी पुर्ण ढंगले गर्नुपर्ने उनको भनाइ छ ।

सम्मेलनमा प्रदेश सांसद हरि बहादुर चुमानले बामपन्थी एक भएर राज्य संचालन गर्नुपर्ने बताए । शिक्षक आन्दोलनबाट शिक्षक संगठन बनेको स्मरण गर्दै उनले अब बैचारिक आन्दोलनको आवश्यकता रहेको बताए ।

कार्यक्रममा जिल्लाका ५० जना शिक्षकहरु लाई सम्मान गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण श्रेष्ठ
किरण श्रेष्ठ
लेखकबाट थप