मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

यसरी बन्दै छ कोटेश्वर–कलंकी सडक

शुक्रबार, ०५ माघ २०७४, १० : ४१
शुक्रबार, ०५ माघ २०७४

काठमाडौँ । चिनियाँ सरकारको सहयोगमा नेपालमा पहिलोपटक ८ लेन सडक कोटेश्वर–कलंकी–चक्रपथ विस्तारको काम भइरहेको छ ।


सडक पूरा भएपछि कलंकीको जाम हटेर काठमाडौं उपत्यकाबाहिर सहजरुपमा ओहोर–दोहोर गर्न सकिन्छ ।

कोटेश्वरदेखि धोबीघाटसम्मको साइड लेनको कालोपत्र गर्ने कार्य सकिएको छ । रेटेनिङ वाल, सवारी कुद्ने पुल र आकाशेपुल निर्माण सम्पन्न भइसकेको छ । केही ठाउँको कार्य भने अन्तिम चरणमा पुगेको छ ।

कोटेश्वरदेखि धोबीघाटसम्म दुवैतिर मुख्य लेनमा कालोपत्र गर्ने कार्य भइरहेको छ । खसीबजारदेखि कलंकीसम्मको ‘अन्डर पास’को काम पनि भइरहेको छ । फुटपाथ र सर्भिसमार्गको काम अघि तीव्रगतिमा काम भइरहेकाले केही समयमा नै सडक निर्माण कार्य सम्पन्न हुने आशा गरिएको छ ।

चिनियाँ सरकारको सहयोगमा निर्माणाधीन यो सडक निर्माणको ठेक्का चिनियाँ कम्पनी संघाई कन्स्ट्रक्सन ग्रुपले पाएको छ । पछिल्लोपटक भएको सम्झौताअनुसार आगामी जुलाईसम्म यसको निर्माणकार्य सक्नुपर्ने हुन्छ ।

भूकम्प र नाकाबन्दीका कारण यसको निर्माणकार्य सम्पन्न गर्न एक वर्षको अवधि थप गरिएको थियो  । आगामी जुलाईमा नै सक्ने गरेर काम अघि बढेको छ ।

यो परियोजनाको निर्माणका काममा पूरै प्राविधिक जनशक्ति चिनियाँ नागरिक नै छन् । अदक्ष कामदारमा भने नेपाली र चिनियाँ दुवै छन् ।

यो सडकखन्डको निर्माणमा करिब ६० जना नेपाली र २०० चिनियाँ कामदार खटिएका छन् । 

सातदोबाटो, खसीबजार, महालक्ष्मीस्थानमा सडकछेउमा घर–टहरा छन् । ८ लेनको सडकको बाहिर पर्ने सर्भिस सडक पर्ने ठाउँमा भएका यी घर–टहराले गर्दा काम अघि बढ्न नसकेको सडक निर्माणमा संलग्न प्राविधिकको भनाई छ । 

एक अर्ब रुपैयाँ लगानीमा यो सडकको निर्माणकार्य भइरहेको छ ।


शब्द : रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजु महर्जन
विजु महर्जन

विजु महर्जन फोटो पत्रकार हुन् ।

लेखकबाट थप