शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गोप्य कुरा दिल खोलेर भन्नुस् सगुन एपमा

शुक्रबार, ०५ माघ २०७४, ११ : ४९
शुक्रबार, ०५ माघ २०७४

काठमाडौं । सामाजिक सञ्जालमा गरिएका गोप्य कुरा सार्वजनिक हुने चिन्ता छ । अव डराउनुपर्दैन । ढुक्कसँग आफ्ना गोप्य कुरा च्याटमा गर्न सक्ने वातावरण बनाइदिएको छ सगुनले । 

गोपनीयतालाई सम्मान गर्दै दुई जनाबीच भएका कुरालाई यो एपले रेकर्ड नराख्ने सिस्टम बनाएको छ । 

सगुनको मोवाइल एपमा गरिएको च्याट साथीले पढीसकेपछि आफैं डिलिट हुने भएपछि यसमा नयाँनयाँ प्रयोगकर्ताको आकर्षण बढ्दो छ ।

अमेरिकी सेयर बजारमा मिनी आइपिओ जारी गरेको आइटी स्टार्टअप कम्पनी सगुनले स्मार्ट फोनका पारखीहरुले लामो समयदेखि प्रतीक्षा गरेको मोवाइल एप दिल्लीबाट सार्बजनिक गरेको हो ।

उक्त एप बलिउड अभिनेतृ श्रद्धा कपुरले जनवरी ९ मा सार्वजनिक गरेकी थिइन् । 

एप सार्बजनिक गरेपछि श्रद्धाले सगुन एप उत्कृष्ट रहेको आफूले पाएको प्रतिकृया दिएकी थिइन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप