दक्षिण कोरिया र अमेरिकालाई उत्तर कोरियाको आग्रह
एजेन्सी– संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाद्वारा कोरियाली प्रायदीपमा जारी राख्दै आएको संयुक्त सैन्य अभ्यासलाई स्थायीरूपमा रोक्न उत्तर कोरियाले आग्रह गरेको छ । उत्तर कोरियाली राज्य सञ्चालित पत्रिका मिन्जु जोसनले केही दिन पहिले प्रकाशित एक लेखमा संयुक्त राज्य अमेरिकाले आफूले कोरियामा जारी राख्दै आएको ‘कि रिजल्भ’ तथा ‘फोल इगल’ नामक संयुक्त सैन्य अभ्यासलाई यस बर्षदेखि केही समय रोक्ने योजना रहेको उल्लेख गरिएको थियो ।
अमेरिकाको यो भनाईप्रति प्रतिक्रिया जनाउदै प्योङयाङले भनेको छ, “यो केही होइन तर अमेरिकी– दक्षिण कोरियाली संयुक्त सैन्य अभ्यासलाई लम्ब्याउने सस्तो उपाय हो ।” पत्रिकामा भनिएको छ, “अमेरिकाले उत्तर कोरियामा जानिबुझिकन समस्यालाई जेलेर राख्न अमेरिका चाहन्छ । तर कोरियाली प्रायदीपमा शान्तिका लागि संयुक्त सैन्य अभ्यास रोकिनुको विकल्प छैन ।”
उत्तर कोरियाली कोरियाली प्रायदीपमा तनावको सिर्जना हुनुमा अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यास नै भएको दावी गर्दै आएको छ । वासिङ्टन र सोलबीच हालै पेयोङच्याङ शीतकालिन ओलम्पिक खेल अवधिभर संयुक्त सैन्य अभ्यास नगर्न सहमत भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै