शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सिटिजन्स बैंकले बाँड्यो मुसहर बस्तीमा ४ सय २६ थान कम्बल

शुक्रबार, ०५ माघ २०७४, १३ : ११
शुक्रबार, ०५ माघ २०७४

काठमाडौं– सिटिजन्स बैंक इन्टरनेश्नलले चिसोका कारण प्रभावित महोत्तरीका बासिन्दाका लागि कम्बल वितरण गरेको छ । उक्त बैंकले महोत्तरीका गौशला र औरही नगरपालिकामा बसोबास गर्ने मुसहर जातिका विपन्न समुदायका लागि कब्ल वितरण गरेको हो ।

बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कपडाको अभावले जाडोमा दुःख् भोगिरहेका मुसहर बस्तीमा कम्बल वितरण गरिएको  बैंकका प्रमुख प्रशाशकीय अधिकृत उमंग शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

बैंकले गौशाला नगरपालिकाका लागि २ सय २४ थान र औरही नगरपालिकाका लागि २ सय २ थान गरी ४ सय २६ थान कम्बल  वितरण गरिएको जनाइएको छ । बैंकका सञ्चालक समिति सदस्य डा.चन्दा कार्कीले ती कम्बल  हस्तान्तरण गरेकी थिइन् ।

कम्बल हस्तान्तरण कार्यक्रममा भने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रामधन श्रेष्ठ, गौशला नगरपालिका वडा नं. ५ का प्रमुख धबेन्द्र साह, वडा नम्बर ४ का अध्यक्ष रामबाबु साह र औरही नगरपालिका वडा नं. १ का अध्यक्ष राजकिशोर चौधरी र वडा नम्बर २ का अध्यक्ष विनोद परियारको उपस्थिति रहेको थियो ।


                                                                    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप