चीनमा झन् घट्यो जन्मदर
एजेन्सी– चीन सरकारले आफ्ना नागरिकहरुलाई दुई सन्तान जन्माउने अनुमति दिए पनि त्यहाँको जन्मदर घटेको छ । सरकारले यहाँका सबै दम्पत्तिलाई दुई सन्तान जन्माउने अनुमति दिइएको भए पनि जन्म दरमा भने झनै कमी आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् ।
चीनको राष्ट्रिय तथ्याङ्क विभागले दिएको जानकारी अनुसार चीनमा गत वर्ष जम्मा १ करोड ७२ लाख बच्चा जन्मिएका छन् । तर त्यसको अघिल्लो वर्ष अर्थात् सन् २०१६ मा भने १ करोड ७९ लाख बच्चा जन्मिएका थिए । चिनियाँ सबै दम्पत्तिलाई पहिला दुई सन्तान जन्माउने अनुमति थिएन । चीनको एक बच्चा नीतिमा यहाँको सरकारले सन् २०१५ मा परिवर्तन गरेको थियो । त्यसयता चीनका सबै दम्पत्तिले दुई सन्तान जन्माउन पाउने अधिकार प्राप्त गरेका छन् ।
चीन सरकारले सन् १९७० को दशकदेखि नै एक बच्चा नीति अख्तियार गरेको हो । त्यसमा परिवर्तन गरी सन् २०१५ मा सबै दम्पत्तिले बच्चा जन्माउन पाउने बनाएको हो । यो नीति अख्तियार गर्ने बेलामा सन् २०१५ मा चीन सरकारले चीनमा अब धेरै बच्चा जन्मिन सक्ने र यसले देशको जनसङ्ख्या बढ्ने अनुमान गरेको थियो ।
तर सन् २०१७ को पछिल्लो परिणाम हेर्दा भने त्यसो हुन नसकेको देखिएको छ । त्यसैले यहाँका अधिकारीहरुले यसका कारणहरुको खोजी गर्ने जनाएका छन् । विशेषगरी यहाँका दम्पत्तिमा सानो परिवारको चाह बढ्दो रुपमा रहेको, महङ्गी आदि कारणले गर्दा थोरैमात्र बच्चा जन्माउने चाहना देखिएको पाइएको केही नीति निर्माताहरुको अनुभव छ ।
त्यसैगरी चिनियाँ नागरिकहरुले ढिला विवाह गर्ने गरेका कारणले गर्दा पनि जन्मदर त्यति धेरै नहुने अनुमान गरिएको छ । त्यसैले अब चीनमा एक मात्र बच्चा जन्माउने आमाबुबाहरुको सङ्ख्या नै धेरै हुन पुगेको प्रारम्भिक अनुसन्धानबाट देखिएको पनि उक्त समाचारमा जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाम २ मा उपनिर्वाचनका दिन यातायात बन्द, अन्य तयारी धमाधम
-
पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
-
वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेट : मधेश प्रदेशले ‘सुपर ओभर’ मा हरायो सुदूरपश्चिमलाई
-
छोरी अरूसँग भागेको भन्दै सडक अवरुद्ध, प्रहरीले चलायो ९ राउण्ड अश्रुग्यास
-
वैदेशिक रोजगारीमा जाने श्रमिकको हवाई टिकटमा खानाको व्यवस्था गर्न विभागको आग्रह
-
सिद्धार्थ बैंकलाई ‘अन्तर–बैंक पुरुष फुटसल’को उपाधि