शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

केजरीवालको पार्टीका २० सांसद अयोग्य :निर्वाचन आयोग

शुक्रबार, ०५ माघ २०७४, १५ : १२
शुक्रबार, ०५ माघ २०७४

दिल्लीमा सरकार चलाईरहेको आम आदमी पार्टीका २० सांसदले भारतीय निर्वाचन आयोगले अयोग्य घोषणा गरेको छ ।

 लाभको पदको मामलामा उनीहरुलाई निर्वाचन आयोगले अयोग्य घोषणा गरेको हो । 

जो जो संसादलाई अयोग्य घोषणा गरिएको छ, उनीहरुसँग संसदीय सचिवको पद रहेको आयोगको भनाई छ । 

आम आदमी पार्टीले भने यसमा राजनीतिक षडयन्त्र भएको बताएको छ । 

दिल्लीमा आम आदमी पार्टीका नेता अरविन्द्र केजरी वालको नेतृत्वमा सरकार छ । 

अव आयोगले आफ्नो निर्णय राष्ट्रपतिसमक्ष सिफारिस गर्नेछ ।

राष्ट्रपतिको निर्णय अन्तिम हुनेछ ।

यदि राष्ट्रपतिले अयोग्य घोषित गर्ने आयोगको निर्णयलाई स्वीकार गरे दिल्लीका २० विधानसभा सीटमा चुनाव हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप