बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

चाबहिलमा खुल्यो आइएमई जनरल इन्स्योरेन्सको २४ औं शाखा

शुक्रबार, ०५ माघ २०७४, १५ : ३४
शुक्रबार, ०५ माघ २०७४

काठमाडौं–आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले आफ्नो २४ शाखा काठमाडौंको चावहिलमा स्थापना गरेको छ । उक्त शाखाको आज एक कार्यक्रमकाबीच सो कम्पनी सञ्चालक समितिका अध्यक्ष हेमराज ढकालले  उद्घाटन गरेका हुन् । 

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गरी ग्राहकहरुलाई सरल, छिटो र विश्वसनीय सेवा प्रदान गर्न आफुहरु प्रतिबद्ध रहेको बताए । अध्यक्ष ढकालले आज स्थापना गरिएको शाखासहित कम्पनीले २४ वटा शाखा, २ वटा सम्पर्क कार्यालय तथा १० वटा सेवा काउन्टरहरुसहित ३७ स्थानबाट सेवा उपलव्ध गराउन सुरु गरेको बताए ।

उनले कम्पनीको चुक्ता पूँजी आगामी दिनमा ९७ करोड २० लाख पुर्याउने र ५ प्रतिशत बोनस शेयर प्रदान गरी समग्र चुक्ता पूँजी १ अर्ब २ करोड ६ लाख पुर्याउने समेत स्पष्ट पारे । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठले कम्पनीले आफ्ना ग्राहक महानुभावहरुलाई सहज बीमा  सेवा प्रदान गर्नका लागि सार्वजनिक विदाका दिन पनि सेवा दिने बताए ।

उनले नक्साल शाखाबाट ३ सय ६५ दिने बीमा सेवा सुरु गरिसकिएको जानकारी दिँदै कम्पनीले दोश्रो त्रैमासिकसम्म कम्पनीले ४३ करोड बीमा शुल्क आर्जन गर्न सफल भएको जानकारी दिए । शाखा उद्घाटन मारोहमा स्थानिय उद्योगी, व्यापारीहरु लयागत विभिन्न बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीका प्रमुख तथा प्रतिनिधिहरु, स्थानीय उद्योगी, व्यापारी, व्यावसायीहरु, सहकारी संस्थाका प्रमुखहरु तथा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप