शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नविल फाउण्डेसनद्वारा न्यानो वितरण

शुक्रबार, ०५ माघ २०७४, १५ : ४५
शुक्रबार, ०५ माघ २०७४

काठमाडौं– नबिल बैंकद्वारा प्रबर्द्धित नबिल फाउण्डेसनले बिगत केही दिनदेखी तराइमा बढेकोे चिसो र शीतलहरलाई मध्यनजर गर्दै बर्दिबास, जनकपुर, लहान, वीरगञ्ज, हरिवन, नेपालगंज तथा टिकापुरमा न्यानो लुगाहरु वितरण गरेको छ । 

उक्त वितरण चिसोको चरम मारमा परेका तथा बाढीले कष्ठकर जीवन बिताइराखेका बृद्धबृद्धा, दलित, अपाङ्ग, एकल महिला, असहाय तथा गरिब घरपरिवारहरुमा गरिएको थियो ।

नबिल फाउण्डेसनका अध्यक्ष दयाराम गोपाल अग्रवालले नबिल फाउण्डेसनले सामाजिक उत्तरदयित्वको रुपमा समाजको बिभिन्न क्षेत्रहरुमा समय सापेक्ष पु¥याउँदै आएको योगदान अनुरुप शितलहर प्रभावित क्षेत्रहरुमा न्यानो लुगाहरु बितरण गरेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप