मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

काभ्रेको भण्डन देउपुरमा नेपाल क्रेडिट एण्ड कमर्श बैंकको नयाँ शाखा विस्तार

शुक्रबार, ०५ माघ २०७४, १६ : ०९
शुक्रबार, ०५ माघ २०७४

काठमाडौं– नेपाल क्रेडिट एण्ड कमर्स बैंकले काभ्रेपलाञ्चोकको भण्डन देउपुर नगरपालिका ६ मा मा नयाँ शाखा विस्तार गरेको छ । आज एक कार्यक्रमकाबीच सुचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले उक्त शाखाको उद्घाटन गरेका हुन् । 

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले सिपाघाट क्षेत्रमा बैंकिङ सेवा प्रदान गर्ने उद्धेश्यले शाखा विस्तार गरिएको जानकारी दिए । बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा मण्डन देउपुर नगरपालिकाका प्रमुख एवम् स्थानीय निकायका जनप्रतिनिधिहरुले एनसीसी बैंकको शाखा स्थापनाको स्वागत गर्दे बैंक तथा सिपाघाट क्षेत्रका सर्वसाधारणहरु बीच सुमधुर सम्बन्ध रहने विचार व्यक्त गरेका थिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप