बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

घरको ढोकादेखि छत–छतमा प्रहरी : यसरी नजरबन्दमा परे सीके राउत

शुक्रबार, ०५ माघ २०७४, १६ : २०
शुक्रबार, ०५ माघ २०७४

धनुषा– स्वतन्त्र मधेश अभियान चलाइरहेका सीके राउतलाई प्रहरीले घरमै नजरबन्दमा राखेको छ । 

राउतलाई धनुषाको माछाबजारस्थित डेरामा नजरबन्दमा राखिएको धनुषाका प्रहरी प्रमुख चक्रबहादुर सिंह बताए ।

‘पक्राउ गरिएको होइन, निगरानीमात्रै हो, आज बलिदानी दिवस भएकाले उनी कतै निस्कन्छन कि भनेर प्रहरीले निगरानी गरेको हो’ सिंहले रातोपाटीसँग भने । 

स्वतन्त्र मधेस अभियान चलाइरहेका सीके राउतविरुद्ध अदालतमा राज्यविप्लवको मुद्दा चलेको थियो । 

सप्तरी घर भएका राउत हाल धनुषामा बस्दै आएका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप