आज पनि मिडियालाई रोक्यो शीतल निवासले
शुक्रबार, ०५ माघ २०७४, १६ : ४४
काठमाडौँ । राष्ट्रपति कार्यलयमा शुक्रबार भएको प्रदेश प्रमुखहरुको पद तथा गोपनियताको शपथ ग्रहण समारोहमा नीजि लगानीका सञ्चारमाध्यमलाई प्रवेश निषेध गरिएको छ ।
सपथ ग्रहणको समाचार संकलनका लागि राष्ट्रपति कार्यलय पुगेका संचारकर्मीलाई प्रवेश नदिएपछि सञ्चारकर्मीहरुले विरोध प्रदर्शन गरेका छन् ।
कार्यक्रममा प्रवेश नपाएपछि उनीहरुले शीतलनिवासको गेटमै क्यामेरा राखेर प्रदर्शन गरेका हुन् ।
यसअघि पनि विभिन्न कार्यक्रममा मिडियालाई शीतलनिवासमा प्रवेश दिइएको थिएन ।
राष्ट्रपतिको रुपमा विद्यादेवि भण्डारी आएपछि शितलनिवास मिडियाप्रति अनुदार भएको भन्दै आलोचना हुँदै आएको छ ।