बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

चार करोडको कोकेन कारोबारी : अश्वेत युवा मनपर्ने थाई प्रेमिका !

शुक्रबार, ०५ माघ २०७४, १६ : ५७
शुक्रबार, ०५ माघ २०७४

काठमाडौं – ‘मलाई कालो वर्णको ब्वाईफ्रेन्ड मन पर्छ, धेरै अफ्रिकनहरु मेरा केटा साथी छन् ।’ लागु औषध नियन्त्रण ब्युरोको फन्दामा परेपछी २८ बर्षिया थाई युवती खुनजाइ खनारतले यस्तो बयान दिँदै भनिन्, ‘नेपालमा मलाई एउटा ब्वाईफ्रेन्डले नै यो महत्वपूर्ण सामान लिन पठाएका थिए ।’

बिहीबार ठमेलको एक होटलमा दुई केजी कोकेनसहित पक्राउ परेकी खनारतलाई उनको केटा साथीले महत्वपूर्ण सामान भनेका तिए, तर उनी सुटकेशभित्र कोकेन भएको बारे अनभिज्ञ नै थिइन् ।
लागुऔषध नियन्त्रण ब्युरोले उनीसहित बोलिभियन नागरीक फ्रेडी ममनी एन्डियालाई नियन्त्रणमा लिएको छ ।

प्रहरी स्रोतका अनुसार उनको कामबारे जिज्ञासा राख्दा खनारतले भनेकी छिन्, ‘होटलहरुमा ब्वाईफेन्ड भेट्दै हिँड्छु, मलाई कालो वर्णका केटाहरु मन पर्छ ।’

‘बोलिभियाका फ्रेडी त्यहाँ एउटा कम्पनीमा मेकानिक्स रहेको पाईएको छ’ ब्युरो प्रमुख डिआईजी ठूले राई भन्छन्, ‘उसले काम गर्ने ठाउँमा आएको एक ब्यक्तिले ३ हजार अमेरिकी डलर दिने गरी १ किलो १९८ ग्राम कोकेन नेपालसम्म पठाएको खुल्न आएको छ ।’

पछिल्लो समय बोलिभियामा उत्पादन भएको कोकेन नेपाल हुँदै तेस्रो मुलुक पुग्ने क्रम बढेको छ । २०७३ साउन २६ गते बोलिभियाकै एक नागरीक साढे ३ किलो कोकेन सहित पक्राउ परेका थिए । यसै बर्षको असोज ७ गते अर्का बोलिभियन २ किलो ७ सय ग्राम कोकेन सहित पक्राउ परेको लागु औषध नियन्त्रण ब्युरोले जनाएको छ ।

बिहीबार फ्रेडी र खुनजाई पक्राउ परेसँगै अन्तर्राष्ट्रिय कोकेन कारोवारीले नेपाललाई ट्रान्जिट बनाउँदै आएको तथ्य थप बलियो भएको  छ ।

बोलिभियाबाट कोकेन बोकेर हिँडेका फ्रेडी ब्राजिलको साओपाउलो, ईथिओपियाको अदिसअबा विमानस्थल, भारतको नयाँ दिल्ली बिमानस्थल हुँदै नेपाल आएका थिए । त्रिभुवन विमानस्थल पार गरेर ठमेलको होटलमा पुगेपछी पासपोर्ट नम्बर ९०५१५६७ बाहक २८ बर्षिय युवा फ्रेडीलाई प्रहरीले पक्राउ गर्न सफल भएको थियो ।

उता, फ्रेडी सँग चिनजान नै नभएकी थाईल्याण्डकी खुनजाइ थाईल्याण्बाट सोझै नेपाल आएकी थिइएन् । ‘फ्रेडीले खुनजाईलाई कोकेन हस्तान्तरण गर्दै गरेको अवस्थामा हामीले दुवै जनालाई नियन्त्रणमा लिएका हौं’ डिआईजी राई भन्छन्, ‘उनीहरु एक अर्कामा चिनजान थिएन, खुनजाईलाई यत्ति थाहा थियो, यो महत्वपूर्ण सामान हो, मैले सक्दो छिट्टो बैंकक लैजानुपर्छ ।’

कालो सुटकेशको चारकुने साईडमा फल्स बटम बनाएर कार्वन पेपरले बेरेर उक्त कोकेन नेपाल ल्याईएको थियो । कोकेन कारोबारीहरुले एक्सरे मेशिनले थाहा नपाओस् भन्नका लागी कार्वनले कोकेन बेरेर कारोबार गर्ने गरेका छन् । नेपाली रुपैयाँ करिब चार करोड मूल्य पर्ने उक्त कोकेन कारोवारी बारे थप अनुसन्धान भईरहेको डिआईजी ठूले राईले शुक्रवार पत्रकार सम्मेलन गरेर जानकारी दिएका छन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप