शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

इरान र पाकिस्तानबीच पुनः संयुक्त रुपमा रेल सञ्चालन गर्ने तयारी

शुक्रबार, ०५ माघ २०७४, १९ : ३०
शुक्रबार, ०५ माघ २०७४

एजेन्सी– पाकिस्तान तथा इरानका अधिकारीबीच सुधारिएको सुरक्षासहित पाक्षिकरूपमा यात्रुवाहक रेलसेवा सञ्चालनमा ल्याउने सहमति भएको छ ।  दुई इश्लामिक मुलुकबीच सुरक्षाको समस्यालाई देखाउँदै यस अघि सञ्चालन हुँदै आएको रेल सेवा बन्द भएको थियो । 

यस बिषयमा छलफलमा सहभागी दुवै देशका अधिकारीले पछिल्लो समयमा सुरक्षाको अवस्थामा सुधार आएकाले आगामी सेप्टेम्बरसम्म रेल सेवालाई सुचालु गरिने निर्णय गरिएको पाकिस्तानी सञ्चारमाध्ययमले जनाएका छन् । 

पाकिस्तानी रेलसेवाका सञ्चालक समितिको अध्यक्षतामा बिहीबार बसेको दुई देशका रेल मन्त्रालयका उच्च अधिकारी सम्मिलित विज्ञहरूको संयुक्त समितिले रेलसेवा सञ्चालनका लागि सुरक्षा अवस्थालाई थप मजबुत पार्दै सेवालाई पुनः सञ्चालनमा ल्याउने सहमति भएको हो । 

यससँगै रेलसेवाले पाकिस्तानको दक्षिणपश्चिम शहर क्वेटालाई जनसङ्ख्याका दृष्टिकोणले इरानका दुई ठूला शहर कोम र मस्शादलाई जोड्नेछ । 

दुई देशीय समितिले पाकिस्तानको क्वेटा र इरानको जाहेदानबीच मासिक रूपमा १५ वटा मालबाहक रेलसेवा सञ्चालन गर्नेपनि सहमति गरेको छ । यद्यपि यसलाई दुई देशको उच्च राजनीतिक नेतृत्वसँग सुझाबका लागि प्रस्तुत गरिने छ । 

बैठकमा इश्लामावाद–तेहरान–इश्तानबुलसम्मको प्रत्यक्ष रेलसेवाका लागि पनि छलफल भएको तर यसबारे थप छलफलपछि मात्र निर्णय लिइने सहमति भएको पाकिस्तानी सञ्चारमाध्यमले सहभागीलाई उद्धृत गरी जनाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप