शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्

शनिबार, ०६ माघ २०७४, ०६ : ०२
शनिबार, ०६ माघ २०७४

आजको राशिफल

बि.स.२०७४ माघ ०६ गते ।  शनिबार । ईश्वी सन् २०१८ जनवरी २० तारिख । नेपाल सम्बत् ११३८ । साधारण संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९३९ । माघ कृष्ण पक्ष । तिथि तृतिया १२ घडी ५३ पला,दिउसो १६ बजेर ६ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र शतभिषा ५१ घडी ४२ पला,रातको ३ बजेर ३८ मिनेट उप्रान्त पूर्वभाद्रपदा । योग व्यातिपात ०८ घडि ३६ पला,बिहान १० बजेर २४ मिनेट उप्रान्त वरियान । करण गर,दिउसो १२ बजेर ६ मिनेट उप्रान्त वणिज,रातको १२ बजेर ३१ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा आनन्द योग । चन्द्रराशि कुम्भ । पञ्चक। तिलकुन्द चतुर्थी। 

काठमाडौंमा सूर्योदय ६ बजेर ५७ मिनेट, सूर्यास्त बेलुका ०५ बजेर ३३ मिनेट । दिनमान २६ घडी ३० पला । 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार व्यावसाय अन्य दिन भन्दा खस्केर जानेछ भने भनेजस्तो आम्दानि नहुँदा दैनिकि प्रभावित हुँनेछ । सरकारि स्रोत साधन तथा प्राकृतिक स्रोतको प्रयोग गर्दा ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ । पढाई लेखाईमा ध्यान नजादा अरु भन्दा पछि परिने सम्भावन रहेकोछ । माया प्रेममा  अबिस्वास बढ्नेछ भने घर परिवारमा आफन्तबिच घरायसि कुरामा विवाद सिर्जना हुँन सक्छ ध्यान दिनुहोला । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ख्याल गर्नुहोला । 

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) सांगितिक माहोलमा दिन दित्ने हुँदा मन प्रशन्न रहनेछ । राजनिति तथा समाजसेवामा गरिएको लगानि बाट राम्रै प्रतिफल प्राप्त हुँनेछ । मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि हुनेछ । निति निर्माण तहमा तपाईको सहभागिताले महत्वपुर्ण भुमिका खेल्नेछ । व्यापार व्यावसायमा प्र्रशस्त नाँफा कमाउन सकिनेछ भने पढाई लेखाईमा भनजस्तो सफलता हुँने हुँदा मन प्रशन्न रहनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) लामो दुरिको धार्मिक तथा शैक्षिक यात्रा गर्न सकिने भएपनि गन्तब्य पहिल्याउँन मुस्किल पर्नेछ । पढाई लेखाईमा मन नजाने हुँदा नतिजा अरुकै पोल्टोमा पर्नेछ । नयाँ योजना बनाउँन सकिने भएपनि सरकारि स्तरबाट सहयोग नपाईदा लागु गर्न सकिने अवस्था रहनेछैन । व्यापार व्यावसायमा तत्काल लगानि गरिहाल्ने समय नरहेकोले केहि समय पर्ख र हेरको रणनिति अपनाउँनु होला । प्रेममा धोका हुँने अधिक सम्भावन रहेकोछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) माया प्रेम तथा पति पत्निबिच केहि बिषयमा मनमुटाब बढ्नेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परेको भान हुँनेछ  । धन माल हराउँन तथा लुटिन सक्छ सजक रहनु होला । व्यापार व्यावसायमा नाँफा कमाउँन बढिनै संघर्ष गर्नुपर्नेछ । कामका सवालमा उठ्ने गोप्यकुराहरु बहिर आउँन सक्ने हुँनाले सजक रहनु पर्नेछ । दिदि बहिनि सँग मनमुटाब बढ्नेछ भने समयमा काम नसकिने हुँदा मानशिक चिन्ता बड्नेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) लामो दुरिको व्यावसायिक यात्रा हुनेछ भने व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक रुपमा सम्पन्न हुने योग रहेकोछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने जीवन साथिको सहयोग पाईनेछ । अध्ययनमा बिद्यार्थी हरुले चाहेजस्तो नतिजा हात पार्न सक्नेछन् । बिलाशी बस्तुको प्रयोग मार्फत अरुको मन तान्न सकिनेछ । प्रिजजन भेट हुनेछ भने आथित्यपुर्ण सम्मान पाईने योग रहेकोछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) नोकरिमा प्रतिष्पर्धिहरुलाई हराउँदै अगाडि बढ्न सकिनेछ भने सत्रुता राख्नेहरु आफै साईड लाग्नेछन् । बिवादित निर्णयहरु तपाईकै पक्षमा आउँने हुँनाले मन प्रशन्न हुँनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजा आउँने हुँदा घर परिवार तथा आफन्तहरु खुसि हुँनेछन् । व्यापार व्यावसायमा लगानि गरि मनग्गे आम्दानि हुँने योग रहेकोछ । पुराना स्वास्थ्य सम्बन्धि समस्याहरु हल भएर जानेछन् भने संकटबाट मुक्ति मिल्ने समय रहेकोछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) बौदिक कार्यमा सहभागि भई आफ्नो क्षमता प्रदशन गर्ने अवसर प्राप्त हुँनेछ भने सोचेजस्तो पारिश्रमिक नपाउँदा मन खिन्न हुँनेछ । स्वास्थ्य सम्बन्धि बिशेषगरि पेट सम्बन्धि समस्याले सताईरहनेछ । व्यापार व्यावसायमा सन्तोषजनक फाईदा हुँनेछ । बिद्या तथा प्रतिश्पर्धामा सफलता पाउँन अलि बढिनै संघर्ष गर्नुपर्नेछ । माया प्रेममा धोका हुँन सक्छ भने एकोहोरो माया प्रेमले सताउँनेछ । सन्तान तथा छोराछोरिबाट तपाईको काममा सहयोग हुँनेछैन । 

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) प्रतिष्पर्धिहरु हार खानेछन् भने राजनिति तथा समाजसेवामा समनजनक स्थान पाउँने योग रहेकोछ । घर जग्गा तथा सवारि साधनको खरिद बिक्रिबाट मनग्गे आम्दानि गर्न सकिनेछ । आमा वा परिवारका सदस्यहरुको सहयो पाईने हुँदा शरिरमा स्फुर्ति बढ्नेछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्दै अगाढि बढ्न सकिनेछ । पढाई लेखाईमा सुधार भएर जानेछ भने तपाईको लोकप्रियता चुलिनेछ । पुराना झैझमेलाबाट मुत्तहुँने समय रहेकोछ । 

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) बिवादित बिषयहरुको निर्णय तपाईकै पक्षमा आउँने हुँनाले मन प्रशन्न हुँनेछ । व्यापार तथा उद्योगमा लगानि गरि रोजगारका अवसर सिर्जना गर्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा छोटो दुरिको यात्राको तय गर्न सकिनेछ । दाजुभाई तथा छिमेकिसँग गरिने कुनै पनि पेशा व्यावसाय फस्टाएर जानेछ । पढाईमा मन जानेछ तथा लेखन कलाको बिकाश हुँनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) परिवारका साथ रहेर मिठो मसिनो खाने अवसर प्राप्त भएपनि खानपिनको तालमेल नमिल्दा स्वास्थ्य गडबड हुँनेछ । पढाई लेखाईमा मन नजादा अन्य प्रतिष्पर्धिहरु भन्दा पछि परिनेछ । व्यापारमा लगानि गर्ने उपयुक्त समय नरहेकोले तत्काल कुनै व्यावसाय थालनि नगर्नुनै राम्रो रहकोछ । माया प्रेममा रमाउँन चाहनेहरु आज भरसक नभेट्दा नै राम्रो रहेकोछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) प्रेम प्रशङमा रमाउँन चाहानेहरुका लागि दिनले साथ दिने हुँदा मिठा मिठा कुरा गरि समय व्यातित गर्न सकिनेछ । पढाईमा प्रगति हुँने तथा नतिजा तपाई आफ्नै पोल्टोमा पर्नेछ । राम्रा तथा सामाजिक काम गरि अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ । सानो प्रयत्नले ठुलो काम बन्ने हुँदा आर्थिक रुपमा सबल होईनेछ । थोरै स्रोत साधन प्रयोग गरि असिमित आवस्यक्ता हरु पुरा गर्न सकिनेछ । 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) न्यून पारिश्रमिकमा दिनभर काममा व्यास्त हुँनुपर्दा मन खिन्न हुँनेछ । आर्थिक अभावले महत्वपुर्ण कामहरु थाति हुँनेछन् । लामो दुरिको बैदेशिक यात्राको तय हुँनेछ भने बिदेशि भुमिमा बसेर श्रम गर्नेहरुले मनग्गे रुपैया पैसा कमाउँन सक्नेछन् । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या बढ्ने तथा औषधि उपचार खर्च बढेर जानेछ । अन्यकाममा सहभागि हुँदा पढाई लेखाई भने थाति रहनेछ ।

तपाईको दिन शुभ रहोस् । 
यूवा ज्योतिषि डिपि भण्डारी
ज्योतिष परामर्ष सेवा केन्द्र
काठमाडौं फोन न.९८०८३०७२७५

नोट  चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप