ओली प्रचण्डबीच कुरा मिलेन: पद बाँडफाँडमा सकस
शनिबार, ०६ माघ २०७४, ०६ : १२
काठमाडौं - पार्टी एकताको गृहकार्यमा रहेका एमाले र माओवादी केन्द्रबीच पद बाँडफाँडमा कुरा मिल्न नसक्दा एकता प्रक्रिया अघि बढ्न सकेको छैन ।
पद बाँडफाँडमा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच नै कुरा मिल्न नसक्दा एकता प्रक्रियाले गति लिन नसकेको हो । आजको नेपाल समाचारपत्रमा खबर छ ।
निर्वाचनलगत्तै पार्टी एकता गर्ने घोषणा गरेका एमाले र माओवादी केन्द्रबीच एकपटक मात्र एकता संयोजन समितिको बैठक बसे पनि ठोस निष्कर्ष निकाल्न सकेको छैन ।
एमाले अध्यक्ष ओली निवासमा शुक्रबार (हिजो) भएको तीन घण्टाको छलफलमा पनि ओली र प्रचण्डबीच कुनै समहति जुट्न सकेन ।
वान टु वान छलफलमा पद बाँडफाँडकै विषयमा केन्द्रीत भएर छलफल भए पनि सहमति जुट्न नसकेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी