बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

कविता: मेरी आमा

शनिबार, ०६ माघ २०७४, ०८ : ३४
शनिबार, ०६ माघ २०७४

-प्रतिभा पौडेल ‘एकता’  

म निन्द्रामा मस्त रहँदा मेरी आमा
मेरै निम्ति कैयौँ रात जाग्राम बस्थिन् 
मेरो एक  थकान मेटाउन मेरी आमा
मेरा पाउ अनि हत्केलाहरुमा 
कति तेल घस्थिन् होला ।

मेरै निम्ति मिठो पकाउन
नबल्ने दाउरासित सङ्घर्ष गर्दै 
धुवाँमय चुल्होको समीपमा 
अश्रुधारा बगाउँदै मेरी आमा,
कति श्वास फाल्थिन् 
पत्तै हुन्नथ्यो मलाई,
मेरी आमा कतिबेला 
त्यस्तो दियो बाल्थिन् 
तब त, 
मेरो घरमा बिहान आशा बोकेर आउँथ्यो
दिन उज्यालो हुन्थयो अनि रात झिलीमिली हुन्थ्यो 
घरमा सधैँ खुसीयाली हुन्थ्यो ।
देखाउँदिनन् दुःख कहिल्यै मेरी आमा
न त कहिल्यै सुनाउँछिन्
रुँदिनन् मेरो अगाडि आमा
न त कहिल्यै रुवाउँछिन् 
मेरी आमा ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप