बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कविता

शनिबार, ०६ माघ २०७४, ०८ : ४९
शनिबार, ०६ माघ २०७४

-डा. डीबी धामी

क्षितिज पारी हिमाल हेर आकाशमा  तारा,
सम्झिरहन्छु  तिमीलाई  भुलिदिन्छु सारा

रङ्गीचङ्गी  फूल बीचमा तिमीले खेल्दा त
जुनैतारा बोले  जस्तो तिमीले  बोल्दा त
तिमीबिना यो जिन्दगी पानीबिना माछा जस्तो
किन सोच्छौ माया मेरो घोचिदिने काँडा जस्तो

तिमी फूल बगैँचाको म त  काँडा भीरको
देख्छु साथै  सपनीमा  किन माया दूर भो

काँडा नै हो फूलको रक्षक  भमरा हुन् प्यासी
किन जान्छौ टाढा टाढा  मिल्दैन कि राशी
हो हो, मिल्दैन कि राशी हो मिल्दैन कि राशी

                                  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप