शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यसकारण प्रदेश ३ को राजधानी भक्तपुर हुनुपर्छ: महेश बस्नेत

शनिबार, ०६ माघ २०७४, ०९ : १६
शनिबार, ०६ माघ २०७४

भक्तपुरलाई ३ नं नम्बर प्रदेशको राजधानी माग गर्दै आन्दोलनकारीले प्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधान एवम् स्थानीय विकास तथा संघिय मामिला मन्त्री कमल थापा र नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेको तस्विरमा कालोमोसो दलेका छन् ।

आन्दोलनमा प्रतिनिधिसभा सांसद महेश बस्नेत, प्रदेश सभा सांसद शशिजंग थापा, भक्तपुरका जिल्ला समन्वय समिति प्रमुख नवराज गेलाल लगायत सहभागी थिए ।

आन्दोलन सुरु हुनु पहिले शुक्रबार भक्तपुरमा टेक मिडियाले आयोजना गरेको कार्यक्रममा सांसद महेश बस्नेत सहभागी भएका थिए । कार्यक्रममा उनले सरकारले जनमतविपरीत प्रदेश राजधानी र प्रदेश प्रमुख तोकेको आरोप लगाए । 

प्रदेश नम्बर ३ को राजधानी भक्तपुर सबै हिसाबले उपयुक्त हुँदाहुँदै सरकारले हेटौंडा तोकेकोमा बस्नेतले आपत्ति जनाए । राप्रपा अध्यक्ष कमल थापाको राजनीति बचाउको लागि सरकारले मकवानपुरको हेटौंडालाई प्रदेश राजधानी तोकेको बस्नेतको आरोप छ । सरकारद्धारा गठित कार्यदलको सुझाव विपरीत प्रदेश राजधानी हेटौंडा तोकिनु गलत भएको उनले बताए । 

सांसद बस्नेतले प्रश्न गरे, 'रसुवादेखि सिन्धुलीसम्मका नागरिक र जनप्रतिनिधिलाई हेटौंडा कसरी पायक पर्छ ?' उनले भने, 'चितवनबाट पनि (आपतकालिन अवस्थामा) जहाजमार्फत २० मिनेटमै भक्तपुर पुग्न सकिन्छ, चितवनवासीलाई पनि हेटौंडा पुग्न घन्टौं लाग्छ ।' सबै हिसाबले प्रदेश राजधानी भक्तपुर नै उपयुक्त हुने उनले दाबी गरे ।

निर्वाचनपछि कामचलाउको हैसियतमा रहेको सरकारले गरेको विभिन्न नियुक्ति र निर्णयप्रति उनले विरोध गरे । कार्यक्रममा बस्नेतलगायत भक्तपुरका नवनिर्वाचित सांसदलाई सम्मान गरिएको आयोजक टेक मिडया हाउसका प्रवन्ध निर्देशक रोशन प्रसाइले रातोपाटीलाई बताए ।

यो पनि पढ्नुहोस्ः

भक्तपुरमा प्रधानमन्त्री देउवा, उपप्रधानमन्त्री थापा र बिजुक्छेको तस्विरमा कालोमोसो  !

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप