बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

के ट्रम्पका कारण अमेरिकामा नस्लवाद बढिरहेको छ ?

शनिबार, ०६ माघ २०७४, ११ : ०७
शनिबार, ०६ माघ २०७४

आदर्श राठौर/बीबीसी
 

२८ अगस्ट १९६३ मा अफ्रिकी–अमेरिकी नागरिकहरुको अधिकारको लागि भइरहेको ‘सिविल राईट मुभमेन्ट’को समयमा मार्टिन लुथर किंङ जुनियरको ऐतिहासिक भाषण ‘आई हैव अ ड्रिम’ गरेका थिए । यस भाषणमा उनले के भनेका थिए भने, उनी त्यस्तो अमेरिकाको सपना देख्छन्, जसमा मान्छे मान्छेबीच विभेद  नगरीयोस । 

मार्टिन लुथर किङ जुनियर अफ्रिकी–अमेरिकीहरुसंग नस्ल आधारमा हुने भेदभावको विरुद्ध अहिंस्रक आन्दोलनको नेतृत्व गर्ने यी मान्छेको जन्मदिनमा अमेरिकामा हरेक बर्ष १५ जनवरीमा माििर्टन लुगर किङ जुनियर डे मनाइन्छ । 

तर यस बर्ष यो विशेष दिन भन्दा पहिले नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नस्लबिरोधी टिप्पणी गरेको आरोप लाग्यो । उनले सफाई दिदै– ‘म नस्लको विभेदी होइन’ भन्नु प¥यो । उनले यसो भन्नुको पछाडि अघिल्लो हप्ता एउटा बैठकमा एलसाल्भाडोर र हैटीलाई लिएर उनले ‘हिटहोल’ शब्द प्रयोग गरे भन्ने छ । जसको अर्थ फोहर अथवा गन्हाउने ठाउँ हुन्छ । 

समग्र विश्वमा यो टिप्पणीलाई लिएर निकै चर्चा भयो तर कुरा यत्तिमात्र होइन । समग्र विश्वमा के सम्म चर्चा भैरहेको छ भने, जहिलेदेखि ट्रम्प अमेरिकाको राष्ट्रपति भए अमेरिकामा नस्लवादी भावना बढेको छ । के वास्तवमै अमेरिकामा मानिसहरुका बीच नस्लवादी भावना बढेको छ ? 

नस्लविभेदको जरा 

अमेरिकाको डेलावेयर विश्वविद्यालयका प्रोफेसर मुक्तदर खानको बुझाईमा अमेरिकामा सांस्कृतिक, आर्थिक र आधारभूत रुपमा नस्लका आधारमा विभेद देखिन्छ । उनी भन्छन्– ‘अफ्रीकी–अमेरिकी समुदायमा अपराध बढी छ र प्रहरी यीनका विरुद्ध कडाईसाथ कारबाही गर्छन् । बच्चाहरु खेल्नका लागि पनि बन्दुक प्रयोग गर्छन त्यसैले प्रहरीको गोलीबाट सबै भन्दा बढी अफ्रीकी–अमेरिकन नै मारिन्छन् ।’
उनी थप्छन्– ‘यस कुरालाई अदालतमा पनि हेर्न सकिन्छ, जब कम उमेरको अफ्रीकी–अमेरिकी बच्चाले कुनै अपराध गर्छ भने उसलाई कडा सजाय दिइन्छ । तर गोरा बच्चाहरुले त्यहि स्तरको अपराध गरेमा पहिलो र दोस्रो पटक भनेर उसलाई माफि दिइन्छ ।’

उनी भन्छन्– मैले हालासालै एकजना गोरा मान्छेले गरेको भाषण सुनेँ, उनले अमेरिका सबै भन्दा बढी आइतबार विभाजीत हुन्छ भनेर भनि रहेका थिए । आईतबारको दिन काला जातिका र गोरा जातिका मानिसहरु भिन्दाभिन्दै चर्चमा जाने गर्छन । काला जातिका मानिसहरुलाई अफ्रिकाबाट ल्याइयो र उनीहरुलाई ईसाई पनि बनाइयो तर बराबर कहिलै पनि ठानिएन् ।’ 
प्रभावशाली गोरा जातिका हुन खोज्छन् 

प्रोफेसर खानका अनुसार यहाँ एशियाबाट जस्ता खाले मानिसहरु आएका छन् जस्तै, चीन अथवा भारतबाट आएका उनकाहरुसँग त्यति धेरै नस्लविभेद छैन, उनीहरुले गोरासंग पनि बिबाह गरेको देखिन्छ तर त्यहि कुरा कालाहरुको सन्दर्भमा लागू हुँदैन् । 

उनी भन्छन्– ‘यदि अमेरिकामा कोही आर्थिक र राजनैतिक आधारमा प्रभावशाली हुन्छ भने त्यो गोरा भैहाल्छ ।’ जस्तै निकी हेलीका आमा–बाबु भारतको अम्बालाका हुन् तर भोटर कार्डमा उनले आफ्नो नस्ल गोरो भनेर लेखेका छन् । 

त्यसैगरी बबी जीन्दल पनि आफूलाई गोरा भएको बताउँछन् । अमेरिकामा कोही पनि उत्तर भारतका मानिसहरु आफूलाई नस्लको आधारमा काला मान्न तयार छैनन् । उनीहरु आफू आर्यन भएकाले आफू गोरा नस्लसँग मिल्दो रहेको दलिल दिन्छन् । 

अमेरिकामा नस्लवादको आरम्भ उपनिवेशको कालसँगै भएको हो । गोरा अमेरिकन बाहेक सबैसंग भेदभाव हुन्छ । १७ औँ शताब्दीको शुरुमा अफ्रीकाबाट मानिसहरुलाई दास बनाएर अमेरिका ल्याउने प्रक्रियासँगै यसको सुरुवात भएको हो । पछिल्लो २ सय बर्षसम्म यीनीहरुको किनबेच बस्तु जस्तै गरी भयो । 

१९ औँ शताब्दीको मध्यसम्म गोराहरु पनि दास प्रथा विरुद्ध स्वर उठाउन थाले, सन् १८६१ मा अमेरिकन गृहयुद्ध हुनुमा यो पनि एउटा कारणमध्ये महत्वपूर्ण कारण थियो । सन् १८६५ मा  राष्ट्रपति अब्राहम लिंकनले युद्धको समयमा दास प्रथाको अन्त्य गरे । 

यसपछि निरन्तर संविधानमा संशोधन हुँदै विस्तारै अफ्रीकी–अमेरिकीहरुलाई अधिकार दिन थालीयो । तर २० औँ शताब्दीसम्म संविधानका प्रावधानहरुलाई लत्याईयो । यति हुँदा पनि अफ्रीकी–अमेरिकीहरुको संघर्ष भने जारी रह्यो । 

सन् १९५४ मा नागरिक अधिकारको मागलाई लिएर आन्दोलन भयो । भेदभाव विरुद्ध समाजमा कयौँ मान्छेहरु आन्दोलनमा उत्रिए । अमेरिकाका लागि ओलम्पिकमा गोल्ड मेडल बिजेता कैसियस क्ले धर्म र नाम परिवर्तन गरेर मोहम्मद अली भए । 

यो आन्दोलनले ‘सिविल राइट्स एक्ट १९६८’ जन्मायो । जसमा नस्ल, रङ्ग, धर्म, लिङ र मुल राष्ट्रको आधारमा भेदभाव गर्न नपाईने भनियो । 
ओबामा राष्ट्रपति हुँदा कस्ता परिवर्तन भए ?

नागरिक अधिकार आन्दोलन सकिएको ४० बर्षपछि २००८ मा जब बराक ओबामा अमेरिकाका राष्ट्रपति भए उनी पहिलो कालाजातिबाट निर्वाचित राष्ट्रपति बने । त्यसबेला के आशा गरिएको थियो भने अब सकेसम्म नस्लवाद सकिने छ । तर के यस्तो भयो ? 

वरिष्ठ पत्रकार आनन्दस्वरुप वर्मा भन्छन्– ओबामा राष्ट्रपति हुँदा विश्वास गरिए जति केही पनि परिवर्तन भएन । उनका अनुसार ट्रम्प राष्ट्रपति भएपछि अवस्था झनै बिग्रीयो । वर्मा भन्छन्– ‘समग्र संसारमै यस मुद्धामा पुनः चर्चा सुरु भयो कि अमेरिकामा नस्लवाद बढी रहेको छ । अमेरिकी राष्ट्रपतिद्धारा अफ्रीकी तथा क्यारेवियन राष्ट्रलाई ‘शिटहोल’ भन्नु यसैको द्योतक हो जुन दुभाग्यपूर्ण छ ।’
प्रोफेसर मुक्तदर खानको बुझाइमा जब ओबामा अमेरिकी राष्ट्रपति बने गोराहरुको बर्चस्व चाहनेहरुका लागि यो डरको विषय बन्यो कि उनीहरुको हातबाट अमेरिकाको शक्ति अर्काको हातमा त सर्ने होइन ?
त्यसैले ओबामा राष्ट्रपति निर्वाचित हुँदा के नारा बनायो भने, ‘डुड, व्हेयर इज माई कन्ट्री’ अर्थात मेरो देश कहाँ छ, मलाई मेरो देश फिर्ता गर ।’

ओबामाले निर्वाचन जितेपछि पहिलो महान्याधिवक्ता एरिक होल्डर बने । जुन काला जातिका थिए । कोलिन पावेलदेखि कोडोलीजा राइससम्म काला जातिका मानिस राज्यको माथिल्लो निकायसम्म नियुक्त गरियो । त्यसैले अमेरिकामा कम पढे लेखेका गोराहरु डराए । उनीहरुलाई हाम्रो हातबाट यो देशको सत्ता अर्कोमा सर्दैछ भन्ने डर थियो । 
 

यो बाहसमा ट्रम्प कहाँ छन् ?

भ्वाईस अफ अमेरिकाले प्रहरीद्धारा पाएको तथ्यांक अनुसार २०१७ मा निरन्तर तेस्रो बर्ष अमेरिकाका ठूला शहरहरुमा यहुदि, मुस्लिम र काला तथा एलजीबीटी समुदायका मानिसहरुमाथि निकै हमला भए । 
यहाँ के प्रश्न उठ्नु स्वभाविक छ भने अमेरिकामा ट्रम्पको अभियानका कारण नस्लविभेदी भावना बढेको हो ?  अथवा यस्ता भावना बढ्नुमा ट्रम्पले राष्ट्रपति चुनावमा जित्नु प्रमुख कारण हो ? प्रोफेसर मुक्तदर खान भन्छन्– यो प्रश्नको जवाफ त्यति सजिलो छैन् । यो कस्तो प्रश्न हो भने– पहिले कुखुरा आयो कि अन्डा ? 

मुक्तदर के ठान्छन् भने, निर्वाचनका क्रममा ट्रम्पले मेक्सिकन समुदायमाथि टिप्पणी गरे । अमेरिकामा १३ प्रतिशत मानिसहरु स्पेनिस बोल्छन् । ती सबैलाई उनले ‘रेपिस्ट’ सम्म भने । मुसलमानहरुलाई अमेरिकामा प्रतिबन्ध लगाउने छु भने । राष्ट्रपति बनेपछि उनले अफ्रीकी–अमेरिकी फुटबल खेलाडीहरुलाई फोहरी गालीको प्रयोग गरे । जसले प्रहरी क्रुरताको विरोध गरीरहेका थिए । ट्रम्प अल्पसंख्यकहरु प्रति पूर्वाग्रपूर्ण शब्द प्रयोग गर्छन जसलाई सहि ठह¥याउन सकिन्न । 

मुक्तदरका अनुसार यस्ता व्यवहारमा ट्रम्प मौन हुनुले नस्लीय विचारधारालाई प्रोत्साहन दिइरहेको छ । के यसरी मौन बस्नु खतरानाक हो ? वर्मा भन्छन् यसलाई भारतको सन्दर्भमा जोडेर हेर्न सकिन्छ । 
उनी भन्छन्– ‘भारतको संविधानमा सबैलाई बराबर भनिएको छ तर भेदभाव, जातिवाद, रंगविभेद यी सबै कुरा हाम्रो सोचमा खँदिएर बसेको छ भन्नुनुको अर्थ साधारण अवस्थामा त्यो यति छिटै मेट्न गारो हन्छ । अर्थात यसलाई अन्त्य गर्न धेरै प्रयासहरु नगरिकन सम्भव छैन् । तर जब मुलुकमा त्यस्तै सोच अनुकुलको नेतृत्व पैदा हुन्छ यी र यस्ता प्रवृतिहरु हावी हुन्छन् ।’

उनी थप्छन्– ‘जब सत्तामा बसेका मान्छेहरु नै साम्प्रदायीक, भेदभाव, अन्धविश्वासलाई प्रोत्साहन दिन्छन् भने मिडिया पनि त्यसैकोपछि लाग्छ र मान्छेहरुमा पनि त्यहि प्रवृति हावि हुन थाल्छ । अमेरिकामा देखिएको प्रवृति त्यही हो ।’

प्रोसेर मुक्तदर खानका अनुसार ट्रम्प प्रशासनमा केहि यस्ता मान्छेहरु छन् जसको सम्बन्ध ‘व्हाईट नेस्नालिस्ट’सँग जोडिएको छ र अमेरिकामा नस्लीय अनुपात तिब्ररुपमा बढिरहेको छ । उनी भन्छन्– ‘उनको प्रशासनमा अहिले पनि स्टीवन मिलर छन् र पहिले स्टीव बैनन थिए । जसको सम्बन्ध व्हाईट नेस्नालिस्टसँग छ ।’

अमेरिकी समाजलाई धार्मिक समुदायका आधारमा हेर्ने हो भने सबै भन्दा धनी र पढेलेखेको समुदाय हिन्दु समुदाय हो । राष्ट्रियताको आधारमा भारतीयहरु यस विषयमा अगाडि छन् । त्यसपछि चीनीया छन् । गोरा समुदाय न त धेरै पढेलेखेका छन् न सबै भन्दा धनी । उनीहरुसँग जुन सम्पति छ त्यो पुख्यौलीबाट आएको सम्पत्ति हो । त्यसैले गोराहरु डराएका छन् ।’
भविश्य कस्तो छ ?

प्रोफेसर मुक्तदर खानका अनुसार– अब अमेरिकामा आगामी १०–१५ बर्षसम्म ‘आइडेन्टी क्राइसिस’ हुनेछ । यो देश पूर्णरुपमा पहिलो जस्तो वास्तविक बहुसांस्कृतिक राष्ट्र बन्नेछ र यसमा सबै भन्दा सम्भ्रान्त समुदाय गोरा हुने छैनन् ।

गोराहरु अल्पसंख्यक हुनेछन् र उनले स्वयंमलाई परिवर्तन गर्नुपर्ने छ । यो उनका लागि गाह्रो कुरा हो तर अमेरिकाका लागि गाह्रो छैन् । अमेरिकाको लोकतन्त्रले यस चुनौतिलाई कसरी झेल्नेछ त्यो भने हेर्न बाँकी नै छ ।   

नस्लवाद भनेको आफ्नो नश्ल र जातिलाई अर्काको नश्ल र जाति भन्दा अब्बल ठान्नु हो । यहि सोचले पुर्वाग्रह र भेदभावलाई समाजमा निम्त्याउँछ । 
मानिस–मानिसका बीच विभेद पैदा गर्ने यही सोच आज अमेरिकी राष्ट्रपतिमाथि लागेका छन् । तर वास्तवमा यो सोच पुरै संसारमा भिन्न–भिन्न रुपमा हावि छ । यसलाई अन्त्य गर्नका लागि अझै धेरै काम गर्न बाँकी छ ।
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                           
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप