शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

हेलिकप्टरबाट दाङ पुगेर महराले भने, ‘प्रादेशिक राजधानी तोक्ने निर्णय नसच्चिएसम्म आन्दोलन कायमै’

शनिबार, ०६ माघ २०७४, १९ : ०७
शनिबार, ०६ माघ २०७४

दाङ । नेकपा माओवादी केन्द्रका नेता तथा दाङ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएका कृष्णबहादुर सरकारले प्रादेशिक राजधानी तोक्ने सरकारले गरेको निर्णय नसच्चिएसम्म आन्दोलन जारी रहने बताएका छन् । 

आज दाङको लमहीमा प्रदेश नं ५ को राजधानी दाङलाई नै बनाउनुपर्ने माग गर्दै जनसंघर्ष समितिले थालेको बृहत् सभालाई सम्बोधन गर्दै उनले आन्दोलनको स्वरुप भने परिवर्तन गर्नुपर्ने बताए । 

उनले भने, “निर्णय नसच्चिएसम्म आन्दोलन जारी रहन्छ तर यसको स्वरुप परिवर्तन गर्नुपर्ने आवश्यक छ । बन्द नगरेर विरोधसभा, ज्ञापनपत्र बुझाउने, कोणसभा गर्ने र निरन्तर दबाब दिनुपर्छ ।’’ 

राष्ट्रियसभाको निर्वाचन दाङमा नै तोकिएको र सो निर्वाचनलाई लक्षित गरी आन्दोलनको स्वरुप परिवर्तन हुनुपर्ने र ५ नं प्रदेशका सभा सदस्यलाई स्वागत गर्नुपर्ने उनको भनाइ छ । 

नेता महरा काठमाडौँबाट हवाईजहाज चढेर नेपालगञ्जसम्म आए पनि बाक्लो हुस्सुका कारण जहाज अवतरण हुन नसकेपछि पुनः काठमाडौँ पुगी हेलिकप्टरबाट दाङ आएका थिए । लगातार पाँच दिनदेखिको बन्दका कारण दाङको जनजीवन प्रभावित बनेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप