शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अनुराधा कोइरालाद्वारा पदभार ग्रहण

शनिबार, ०६ माघ २०७४, १९ : १९
शनिबार, ०६ माघ २०७४

काठमाडौँ । तीन नम्बर प्रदेश प्रमुख अनुराधा कोइरालाले शनिवार प्रदेश प्रमुखको कार्यालय हेटौंडामा पदभार ग्रहण गरेकी छिन् । 

शनिबार साँझ हेटौंडा  पुग्नुभएका प्रमुख कोइरालाले पदभार ग्रहण गरेकी हुन् । त्यस अवसरमा उनलाई प्रतिनिधी सभा सदस्य कृष्ण दाहाल, प्रदेश सभा सदस्यहरु डोरमणी पौडेल, मुनु सिग्देल, कुमारी मोक्तान, प्रेमबहादुर पुलामी, जुनेली श्रेष्ठसहित  नेपाल सरकारका उच्च ओहोदाका कर्मचारीहरुले स्वागत गरेका थिए ।

पदभार ग्रहण पछि सम्बोधन गर्दै प्रदेश प्रमुख कोइरालाले आफु संबिधानको मर्म र भावना अनुरुप अगाडि बढ्ने प्रतिबद्धता जनाइन् ।

प्रदेश प्रमुख कोइरालाले आइतबार विहान १० बजे प्रदेश सभाका जेष्ठ सदस्य डोरमणी पौडेललाई सपथ खुवाउने कार्यक्रम रहेको छ ।

साढे १० बजे बैठकको अध्यक्षता गर्ने जेष्ठ सदस्य पौडेलले अन्य  १ सय ९ प्रदेश सभा सदस्यलाई सपथ खुवाउने कार्यक्रम रहेको छ । तीन नम्बर प्रदेशमा प्रत्यक्ष तर्फ ६६ जना र समानुपातिक तर्फबाट ४४ जना प्रदेशसभा सदस्य रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप