शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

फोरम र राजपाले काँग्रेससँग माग्यो पाँच सीट

शनिबार, ०६ माघ २०७४, १९ : ३३
शनिबार, ०६ माघ २०७४

काठमाडौँ । राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले राष्ट्रिय सभा चुनावमा काँग्रेससँग पाँच सीटको दाबी गरेको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली काँग्रेससँग राजपा र फोरमले गरेको छलफलमा सो सीटको दावी गरेको हो ।

प्रदेश दुईमा राष्ट्रिय सभा चुनावमा काँग्रेस, फोरम र राजपा सीटमा तालमेल गर्ने विषयमा छलफल गर्दा फोरम र राजपाले दलले सो दावी गरेको हो । 

मतभारको हिसाब गर्दा करिब यी तीन दल मिले छवटा सीट ल्याउने सम्भावना छ । त्यसमा राजपा र फोरमले पाँच सीटको दावी गरेको छ । तर, काँग्रेस त्यसमा सहमत देखिएको छैन ।

स्रोतका अनुसार काँग्रेस दुई–दुई सीटमा तालमेल गर्न सहमति नजिक देखिएको छ । एक्ला एक्लै चुनाव लड्दा यी तीन दलले एउटा–एउटा मात्र सीट पाउने देखिएको छ ।

काँग्रेससँग छलफल गर्नुअघि फोरम नेपाल र राजपा नेपालबीच पनि छलफल भएको थियो । यी दुई दल पनि मिलेर चुनाव लड्दा दुई दुई सीट आउने देखिन्छ । 

काँग्रेससँग चुनाव लड्यो भने त्यसमा अझै केही बढ्न सक्ने सम्भावना देखेर छलफललाई अगाडी बढाएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप