मिचिएको सीमा क्षेत्रमा गयो अखिलको टोली
शनिबार, ०६ माघ २०७४, २१ : १७
काठमाडौँ - अनेरास्ववियुको एक टोली भारतबाट मिचिएको भनिएको सीमाक्षेत्र वीरगञ्ज महानगरपालिका–१ छप्कैयातर्फ गएको छ ।
अनेरास्ववियुका अध्यक्ष नवीना लामाको नेतृत्वमा टोली भारतीय पक्षले सीमा मिचिएको उक्त क्षेत्रमा गएको अनेरास्ववियुका महासचिव ऐन महरले जानकारी दिए ।
टोलीले स्थानीयवासीसँग भेट गरी वास्तविक कति सीमाक्षेत्र भारतीय पक्षबाट मिचिएको छ भन्ने पत्ता लगाई सोही ठाउँमा विरोध प्रदर्शनसमेत गर्ने भएको अध्यक्ष लामाले बताइन् ।
अध्यक्ष लामासहित उपाध्यक्ष सुनित बराल, सचिव आरती लामासहितको १० जनाको टोली गएको हो ।
भारतीय पक्षले उक्त ठाउँमा ५० बिगाहा सीमा मिचेको भन्दै देशभरि नै प्रदर्शन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्पताल परिसरमा इजरायली कारबाही, एक हप्तामा २ सय व्यक्तिको मृत्यु
-
एक वर्षमा ५ हजार १५० वटा गम्भीर प्रकृतिका अपराध
-
एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार २१ परीक्षार्थी अनुपस्थित
-
राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दिइन् पदबाट राजीनामा
-
काठमाडौँको छाउनीमा सर्जन डा.प्रतिभा धौभडेल मृत फेला
-
शिक्षा मन्त्रीले सोधिन् मन्त्रालयका २० जना कर्मचारीलाई स्पष्टीकरण