शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कुवेतबाट नेपाली कामदारका परिवारलाई १० करोड

आइतबार, ०७ माघ २०७४, ०८ : ३९
आइतबार, ०७ माघ २०७४

आजको कारोबारमा खबर छ:

पछिल्लो २ वर्षभित्र नेपाली कामदारका परिवारले कुवेती रोजगारदाताबाट झन्डै १० करोड रुपैयाँ बरारको क्षतिपूर्ति पाएका छन् । वैदेशिक रोजगारीका क्रममा कुवेत गएर सम्झौता अवधिमा मुत्यु भएकाको विभिन्न कारणले रोकिएको क्षतिपूर्तिबापतको १० करोड रुपैयाँ नेपाली राजदूतावासको पहलमा रोजगारदाताबाट भराइएको हो ।

मृत्यु भएको लामो समय बितिसक्दा पनि रोजगारदाताले क्षतिपूर्ति दिन बाँकी ९२ जना कामदारले पाउनुपर्ने १० करोड रुपैयाँभन्दा बढी रकम कुवेतस्थित दूतावासले कानुनी प्रक्रिया पूरा गरेर नेपाल पठाएको छ । कुवेतमा मृत्यु भएका कामदारले कानुनी रूपमा पाउनु पर्ने सेवा सुविधावापतको यो रकम लामो कानुनी प्रक्रियापछि दूतावासले २ चरणमा गरेर नेपाल फिर्ता पठाएको हो ।

दूतावासले स्थानीय कानुन व्यवसायीको सहयोगमा लामो कानुनी लडाइँपछि मृतक नेपाली कामदारले पाउनु पर्ने क्षतिपूर्तिबापतको विमा रकम, बाकी रहेको तलब, उपदानलगायतका सुविधासहितको १० करोड ५० लाख रुपैयाँभन्दा बढी रकम नेपाल पठाएको जनाएको छ । सो रकम परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित जिल्लामा पठाइएको छ । मृतक कामदारको सेवासुविधा नदिने रोजगारदातासँग कानुनी लडाइँपछि दूतावासले फिर्ता गरेरे हालैमात्र ५ करोड रुपैयाँ परराष्ट्र मन्त्रालयमा जम्मा गरिएको छ । एक वर्षअघि पनि ५ करोड २६ लाख रुपैयाँ पठाइएको नेपाली दूतावास कुवेतले जनाएको छ ।

कुवेतमा मृत्यु भएका कामदारका परिवारले कानुनी प्रक्रिया अघि बढाउन नसक्ने अवस्थामा रहेका ४२ मृतक कामदारकार्फतबाट दूतावासले मुद्दा चलाएपछि २ वर्षमा २ करोड ३२ लाख ४३ हजार ६९४ रुपैयाँ रोजगारदाताले फिर्ता दिएका हुन् । लामो समयदेखि मृतक र अन्य कामदारले पाउन नसकेको क्षतिपूर्ति तथा बाँकी तलब नेपाली राजदूतावास कुवेतले नियुक्त गरेको कानुन व्यवसायीको सहयोगमा रोजगारदाताबाट भराउँदै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप