बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

संविधानको रक्षा नगरिए मुलुक अन्धकार तर्फ धकेलिन्छ - सांसद सिग्देल

आइतबार, ०७ माघ २०७४, ०८ : ५६
आइतबार, ०७ माघ २०७४

तनहुँ - सांसद केदार सिग्देलले संविधानको रक्षा नगरिए मुलुक अन्धकार तर्फ धकेलिन सक्ने बताएका छन् । 

अहिलेको संविधान सवै जातजाति, बर्ग, क्षेत्र सबैलाई समेट्न खालको रहेको चर्चा गर्दै साँसद सिग्देलले सामन्तवाद तर्फ मुलुकलाई फर्कन दिन नहुने बताए । 

तनहुँ उद्योग वाणिज्य संघको १५ औ महाधिवेशनबाट नवनिर्वाचित समितिको शपथ एवं पदस्थापन समारोहमा उनले सहकारी, निजी व्यवसायी र सार्वजनिक क्षेत्रमा प्रतिस्पर्धा हुनुपर्ने बताए ।

संघका नवनिर्वाचित अध्यक्ष मानकाजी श्रेष्ठले संघका निर्वाचित पदाधिकारी र १२ वटै बजार इकाईका सभापतिहरुलाई सपथ ग्रहण गराए ।

समितिको पहिलो बैठक शनिवारै बसेको थियो । जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले व्यापारीहरु नागरिक र ग्राहकमैत्री हुदै गुणस्तरीय बस्तु विक्री वितरण गरेर उचित मुनाफा लिएर काम गर्नुपर्नेमा जोड दिए । पछिल्लो समय व्यापारीहरुको भूमिकामा परिवर्तन भएको उल्लेख गर्दै वाग्लेले अब व्यपारीहरु सामाजिक क्रियाकलाप तर्फ उत्तरदायित्व हुनुपर्ने बताए ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण श्रेष्ठ
किरण श्रेष्ठ
लेखकबाट थप