शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सलमान खान दबाङ्ग टुरमा काठमाडौं आउँदै: यस्तो छ कार्यक्रम

आइतबार, ०७ माघ २०७४, ०९ : ३८
आइतबार, ०७ माघ २०७४

काठमाडौं - भारतीय सुपरस्टार (अभिनेता) सलमान खानको दबाङ्ग द टुर राजधानीको टुडिखेलमा हुने भएको छ । मार्च १० (फगुन २६) मा हुने कार्यक्रकमो आयोजना टुवोर्गले गर्न लागेको हो ।

नेपालमा पहिलोपटक दबाङ्ग टुर सलमान खानसहित अन्य कलाकार सोनाक्षी सिन्हा, प्रभु देवा, मिट ब्रदर, डेजि शाह, कृति सेननका साथै टेलभिनजकर्मी मनिष पाउल कार्यक्रममा सहभागी हुनेछन् ।

कार्यक्रममा कम्तीमा पाँच दर्जन कलाकारको मनोरञ्जनात्मक तथा सांगितीक प्रस्तुती रहने शोहेल इन्टरटेनमेन्ट एण्ड जेए इभेन्टस र नेपाली इभेन्ट कम्पनी ओडिसी इन्टरटेनमेन्टले जनाएको छ ।

सलमान खानलगायत अन्य कलाकार बस्ने होटेल र कार्यक्रम प्रस्तुत गर्ने भेन्युको अवलोकनका लागि जेए इभेन्ट्सका डाईरेक्टर जोडी पटेल र आदिल जग्मागिया मंगलबार काठमाडौं आएका छन् ।

सलमान खानले चन्द्रागिरी हिल्सको भ्रमण गर्ने र सगरमाथामा होटेल एभरेष्टमा खाजा नस्ता गर्ने तालिका तय भएको छ । 

गोरखा ब्रोअरीका मार्केटिङ्ग डाइरेक्टर बैभब शर्माले भने, “टुबोर्गले सधै म्युजिक र फनका लागि सहकार्य गर्दै आईरहेको छ । हामीले आफ्ना ग्राहकहरुलाई मनोरञ्जन दिनको लागि सलमान खान सहित दबाङ्ग द टुरलाई काठमाडौंमा ल्याउन लागेका हौं ।' उनले भने, 'म्युजिकको साथमा हामीले आफ्नो ब्रान्डको इमेज बिल्डीङ्गको बिकास हुने योजना पनि बनाईरहेका छौं ।'

वगत २० वर्षदेखि म्युजिक पारखीलाई टुबोर्गले मनोरञ्जनात्मक कार्यक्रमहरु प्रस्तुत गर्दै आईरहेको छ शर्माले बताए ।

नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय ब्राण्ड टुबोर्गको सन् १९९० मा उद्घाटन गरिएको हो ।  कम्पनीले १९९५ मा काल्सबर्ग र २००२ मा रोयल डेनिस टुबोर्ग स्ट्रोङ्गलाई पनि भित्राएको छ । 

उपभोक्ताको आवश्यकतालाई मध्यनजगर राख्दै गोरखा ब्रुअरीले २०१४ मा पुल अफ क्याप सहितको नयाँ रुपमा टुबोर्गलाई प्रस्तुत गरेको थियो । खोलौं टुबोर्ग रमेर भन्ने मुल नाराका साथ टुबोर्गले सधै म्युजिकसँग सहकार्य गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप