बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अफ्रिकाका सुस्त मनस्थितिका विद्यार्थीहरुलाई सहयोग

आइतबार, ०७ माघ २०७४, ११ : ०९
आइतबार, ०७ माघ २०७४

नाइजेरिया– गैर आबासिय नेपाली संघ नाइजेरियाले लेगोसस्थित मोडुपे कोल मेमोरियल चाइल्ड केयर एन्ड ट्रिटमेन्ट होम स्कुलका विद्यार्थीहरुलाई खाद्यान्न तथा लत्ता कपडा लगायतका सामाग्रीहरु वितरण गरेको छ । संघले शनिबार सो सहयोग स्कुलका प्रिन्सिपल रबियुलाई एक कार्यक्रमकाबीच हस्तान्तरण गरेको हो ।  
संघले गत तिहारमा देउसी खेली संकलन गरेको रकमबाट सहयोग प्रदान गरेको संघका अन्तराष्ट्रिय समितीका कोषाध्यक्ष हिक्मत थापाले बताए । कार्यक्रममा नाइजेरिया अध्यक्ष जनक बिष्ट ,आइसिसी सदस्य चिरञ्जीवी रोका ,महिला उप संयोजक मन थापा ,उपाध्यक्षहरु उर्मिला रोका र बिश्वास पौडेल , महासचिब रोशन थापा ,कोषाध्यक्ष रोहित भाङ्गर , महिला संयोजक अन्जु पौडेल ,सदस्यहरु दुर्गा बिस्ट ,आशा सरकार लगाएतको उपस्थिती रहेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप