बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बैठकमा मात्र नेपाल रेडक्रस खर्च गर्छ लाखौँ रुपैयाँ

आइतबार, ०७ माघ २०७४, १३ : ३६
आइतबार, ०७ माघ २०७४

काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीले ‘प्रतिफलविहीन’ कार्यका लागि वार्षिक रु ७० लाख विलाशी शैलीमा खर्च गरिरहेको आरोप लागेको छ  ।

स्वास्थ्य सेवा र विपद् व्यवस्थापनसम्बन्धी दुई परियोजनाको समीक्षा गर्ने नाममा चितवनस्थित सौराहामा सोसाइटीले विगत सात वर्षदेखि वार्षिक रुपमा वैठक गर्दै आएको छ ।

सन् २०११ देखि सुरु गरिएको समीक्षा वैठकका लागि गृह र स्वास्थ्य मन्त्रालयका अधिकारीलाई पनि सहभागी गराउने गरिएको छ । गत वर्ष कार्यक्रमको आर्थिक अपचलनको विषयमा उठे पनि उस्तै ‘रवाफमा’ यो वर्ष पनि कार्यक्रम गर्न लागिएको छ ।

माघ १५ र १६ गते हुने गोष्ठीमा एक सय ५० भन्दा बढीको सहभागिता हुनेछ । गृह र स्वास्थ्य मन्त्रालयबाट सहभागी अधिकारीलाई आर्कषक भत्ताको व्यवस्था गरिएको छ ।

सरकारी निकायबाट सहभागी अधिकारीलाई पेपर प्रस्तुतिको आधारमा भत्ता उपलब्ध गराइने नेपाल रेडक्रसकी निर्देशक मोना अर्यालले जानकारी गराइन् ।

गृह र स्वास्थ्यबाट गएका अधिकारीले दैनिक पाँच हजारभन्दा बढी भत्ता लिने स्रोतले बतायो ।

निर्देशक अर्यालले कति समयको पेपर प्रस्तुति हुन्छ, त्यसैअनुसार भत्ता निर्धारण गरिने बताइन् ।

रेडक्रसमा अनियमितताबारे यी खबरहरु पनि पढ्नुहोस्

यसरी भयो नेपाल रेडक्रसको जग्गा खरिदमा ‘आर्थिक घोटाला’

देशमा यस्तो पनि हुन्छ : अख्तियारले भ्रष्टाचारी ठहर गरेका व्यक्ति रेडक्रसको नेतृत्वमा

‘नेपाल रेडक्रसका २१ भन्दा परियोजनाहरु सञ्चालित छन् । ती विभागका छुट्टा छुट्टै समीक्षा वैठक गर्दा प्रशासनिक खर्च बढेकाले एकैपटक संयुक्त वैठक गर्दै आएको अर्यालले बताइन् ।

नेपाल रेडक्रसका आर्थिक प्रमुख धर्म विडारीले व्यक्तिको विज्ञताको आधारमा भत्ता व्यवस्था गरिएको बताए ।

आयोजकले गत वर्ष सहभागीलाई प्रतिव्यक्ति एक हजार दुई सय रुपैयाँ, स्वयम् सेवकलाई एक हजार पाँच सय दैनिक भत्ता प्रदान गरेको थियो ।

स्रोतका अनुसार ‘होटलको बिल र भत्ताको रकम यस वर्ष बढ्ने भएकाले खर्च थप बढ्नेछ ।’ गत वर्ष दुई दिनको होटल खर्च मात्रै ३० लाख बुझाइएको थियो । तर  विडारीले गत वर्षभन्दा खर्च घट्ने गरी कार्यक्रम गर्न लागेको दाबी गरे ।

नेपाल रेडक्रसका ११ वटा विभागका प्रभावकारिता साझेदार दातृ निकायहरुलाई जानकारी गराउनुपर्ने भएकाले समीक्षा वैठक आयोजना गर्नुपरेको अर्यालले बताइएन् । दातृ निकाय, सरकार र रेडक्रसको साझेदारी मार्फत स्वास्थ्य क्षेत्रमा र प्रकोपको समयमा प्रभावकारिता बढेको उनले बताइन् ।

प्रत्येक वर्ष एउटै होटल रोजाइमा
सन् २०११ देखि प्रत्येक वर्ष गरिने समीक्षा वैठकका लागि सोसाइटीले चितवनको सौराहास्थित मोनालिसा होटेलमा कार्यक्रम गर्दै आएको छ । नेपाल रेडक्रसको बनेपामा सुविधायुक्त तालिम केन्द्र छ । गोष्ठीका लागि पदाधिकारीले आफ्नो तालिम केन्द्रलाई बेवास्ता गर्दै चितवनलाई रोज्दै आएका छन् ।

सोसाइटीका आर्थिक विभाग प्रमुख विडारीले रेडक्रसको तालिम केन्द्रको क्षमता कम भएकाले चितवन रोज्नुपरेको बताए । नेपाल रेडक्रसले भूकम्पपीडितका पैसा खर्च गरिरहेको भन्दै आरोप लागिरहँदा विडारीले भने नियमित परियोजना अन्तर्गतको रकम नै खर्च हुने गरेको बताए । ‘भूकम्पपीडितका लागि छुट्याइएको रकम खर्च भयो भन्नु निराधार आरोप हो ।’ उनले भने ।

‘नेपाल रेडक्रसका पूर्वकर्मचारीको उक्त  होटेल रोज्नुमा पदाधिकारीको आर्थिक अपचलनका लागि हो ।’ स्रोतले भन्यो ।  पदाधिकारीको ‘आर्थिक मोहका’ कारण सहभागीहरुका लागि महँगो दरमा कोठाहरु बुक गरिएको छ । सार्वजनिक आह्वानको आधारमा मोनालिशाले सस्तो दर प्रेषित गरेकोले उक्त होटेल छनौट गरिएको होटल व्यवस्थापक मदन फोजुले बताए ।

नेपाल रेडक्रसका केन्द्रीय कार्यालयबाट गोष्ठीका लागि ६० जना कर्मचारी चितवन पुग्ने बताइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप