शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

३२ तस्विरमा हेर्नुहोस् प्रदेश ५ का प्रमुखको पदभारदेखि सांसदको सपथ ग्रहणसम्म

आइतबार, ०७ माघ २०७४, १३ : ५१
आइतबार, ०७ माघ २०७४

तेजेन्द्र केसी

बुटवल । निकै तामझामका साथ प्रदेश नम्बर ५ का संसदको अस्थायी मुकाम बुटवलमा शपथ भएको छ । प्रदेश नं. ५ का ८७ जना सांसदमध्ये ८५ जनाले एकैसाथ शपथ ग्रहण गरेका छन् ।

प्रदेश प्रमुख उमाकान्त झाले आझै पदभार ग्रहणगरेपछि शपथ स्थलमा पुगेर जेष्ठ सदस्ष्य बलदेव शर्मा पोखरेललाई शपथ खुवाएका थिए । जेष्ठ सदस्य पोखरेलले बाँकी ८४ जना सांसदलाई एकसाथ शपथ खुवाएका हुन् ।

बुटवल उद्योग वाणिज्य संघको सभाहललाई सजिसजाउ बनाइएको थियो । विहान साढे ११ बजेदेखि शुरु भएको सपथ समारोह झण्डै एकघण्टा चलेको थियो । शपथ समारोहमा रुपन्देहीबाट निर्वाचित प्रतिनिधिसभाका पाचै सांसद तथा पूर्व सांसदहरु सहभागि थिए ।

शपथ समारोहमा न्यायलय, सुरक्षा निकाय, सरकारी कार्यालय, संघसंस्था, पत्रकारहरुको बाक्लो उपस्थिति थियो । प्रदेश संसदको पहिलो कार्यक्रम भद्रगोल देखिएको थियो ।

निर्वाचन सकिएको लामो समयपछि शपथ खाएका प्रदेश संसदहरु दौरा सुरुवाल, साडी र सांस्कृतिक पोशाखमा सजिएका थिए । मधेशी, थारु, जनजाति, महिला, खस आर्य सबै बर्ग समुदायका सांसद रहेपनि सांस्कृति झक्किने पोशाख लगाएका निकै कम सांसदहरु थिए ।

हेर्नुहोस् तस्विरहरु


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप