बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

म हिन्दू विरोधी होइन, मोदी–शाह विरोधी हुँ : प्रकाश राज

आइतबार, ०७ माघ २०७४, १५ : ३८
आइतबार, ०७ माघ २०७४

काठमाडौँ । सरकार र भाजपाको नेतृत्व, केन्द्रीय मन्त्री अनन्त कुमार हेग्डे र ‘अभिव्यक्ति स्वतन्त्रतामाथि हमलाको कुरा उठाउने’ समूहप्रति लक्षित गर्दै अभिनेता प्रकाश राजले आफू हिन्दू विरोधी नभएर ‘मोदी विरोधी, अमित शाहविरोधी र हेग्डेविरोधी’ भएको बताए ।

लोकप्रिय दक्षिण भारतिय फिल्म स्टारले ‘इडिया टुडे साउथ’ सम्मेलनको सिलसिलामा यो कुरा बताएका हुन् । उनको यो बयानमा भाजपाको तेलगांना इकाइका प्रवक्ता कृष्ण सागर रावको तर्फबाट तिखो प्रतिक्रिया दिएका छन् ।

प्रकाश राजले भने, ‘तिनीहरु म हिन्दू विरोधी भएको बताउँछन् । होइन । म (नरेन्द्र) मोदीविरोधीे, म हेग्डेविरोधी, अमित शाहविरोधी हुँ । उनीहरु हिन्दु होइनन् । एउटा वाद, एउटा धर्मलाई संसारबाट निमिट्यान्न पार्ने कुरा गर्ने अनन्त कुमार हेग्डे हिन्दू हुन सक्दैनन् ।

उनले भने, हत्याको पक्ष लिने व्यक्ति हिन्दु हुन सक्दैन ।’ यस दौरान भाजपाका प्रवक्ता आफ्नो ठाँउमा उठे र मोदी र शाहको बारे प्रकाश राजले गरेको टिप्पणी लाई लिएर आपत्ति प्रकट गरे ।

प्रकाश राजले कार्यक्रममा ‘पदमावत’को रिलिज प्रतिबन्ध गर्ने राज्य सरकार र यसको रिलिजको विरोध गर्ने समूहप्रति प्रति पनि आक्रोश व्यक्त गरे ।

प्रकाश राजले केही आफूले भाजपाको नेता हेग्डेको विरोध गरेको स्थानलाई भाजपा कार्यकर्ताद्वारा कर्नाटकमा गौमूत्रले ‘शद्ध गरेको’ पनि उल्लेख गरे ।

यसपछि उनले भने, ‘मेरो प्रधानमन्त्रीले आफ्नो मन्त्री, निर्वाचित नेतालाई एउटा धर्मलाई संसारबाट नष्ट गर्ने कुरा गर्न दिन हुन्न । यो हिन्दूत्व होइन । यदि मेरो प्रधानमन्त्रीले आफ्नो मन्त्रीलाई चुप रहन भन्दैनन् भने म भन्छु कि प्रधानमन्त्री पनि हिन्दू होइनन् ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप