बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

राष्ट्रिय सभाको निर्वाचनका लागि झन्डै १५ करोड खर्च हुने

आइतबार, ०७ माघ २०७४, १७ : २१
आइतबार, ०७ माघ २०७४

काठमाडौं–अगामी माघ २४ गते हुन गइरहेको राष्ट्रिय सभाको निर्वाचन प्रक्रिया आजदेखि शुरु भएको छ । सो निर्वाचनका लागि झन्डै १५ करोड हाराहारी खर्च हुने भएको छ । आयोगका प्रवक्ता नवराज ढकालले ७ प्रदेशमा हुने सो निर्वाचनका लागि उक्त रकम खर्च हुने अनुमान गरिएको जानकारी दिए ।

निर्वाचनका लागि झन्डै ५ सय कर्मचारी खटिने छन् । एक प्रदेश बराबर एक निर्वाचन केन्द्र रहने उक्त निर्वाचनमा एक निर्वाचन अधिकृतको कार्यालयमा ११ जना र मतदान स्थलमा ९ जना कर्मचारी खटिनेछन् ।

साथै थप सहयोगका लागि अरु कर्मचारीहरु पनि खटाइने प्रवत्ता ढकालले बताए । यस्तै जिल्ला निर्वाचन कार्यालयका १० र निर्वाचन आयोगबाट २ सय गरी झन्डै ५ सय कर्मचारी खटिने भएका हुन् । 
राष्ट्रिय सभाको मत गणना बढिमा ३ दिनभित्र सक्ने योजना रहेको प्रवक्ता ढकालले बताए  । यसका लागि माघ १५ गतेभित्र मतगणना निर्देशिका जारी गर्ने गरी काम भइरहेको समेत उनले बताए । 

यस्तो छ कार्यतालिका 
राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका अन्र्तगत आज मतदाता नामावली प्रकाशन गरेको आयोगले मंगलबार अन्तिम नामावली प्रकाशन गर्नेछ । यो निर्वाचनमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तथा प्रदेश सभाका सांसदले मतदान गर्नेछन् । प्रदेशसभा सांसदको मतभार ४८ र स्थानीय तहका प्रतिनिधीहरुको मतभार १८ कायम गरिएको छ । 

माघ १० गते उम्मेदवारको मनोनयनपत्र दर्ता,  १५ गते उम्मेदवारलाई निर्वाचन चिह्न दिने कार्यक्रम छ भने माघ २४ गते सातै प्रदेशमा बिहान १० बजेदेखि दिउसो ३ बजेसम्म मतदान कार्यक्रम गर्ने आयोगको तयारी छ । 

निर्वाचनका लागि ७ सय ४४ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी जम्मा १५ सय ६ जना र प्रदेशसभाका ५ सय ५० सांसद सहित २ हजार ५६ जना मतदाता छन् । यी मतदाताले ५६ जना राष्ट्रिय सभा सदस्य निर्वाचित गर्नेछन् । 


 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप