शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

माघ ११ देखि सूचना प्रविधि मेला

आइतबार, ०७ माघ २०७४, १७ : ३९
आइतबार, ०७ माघ २०७४

काठमाडाैं- आगामी माघ ११ गतेदेखि १६ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सूचना प्रविधि मेला आयोजना हुने भएको छ । 
सूचना र प्रविधिका क्षेत्रमा भएका नयाँ प्रयोगबारे जानकारी दिने उद्देश्यले क्यान महासंघले आगामी ११ गतेदेखि काठमाडौंमा सूचना प्रविधि मेला आयोजना गर्न लागेको हो । सुविसु क्यान इन्फोटेक–२०१८ नाम दिइएको मेलामा प्रवेशका लागि सर्वसाधारणलाई सय रुपैँया र विद्यार्थीहरुका लागि ५० रुपैयाँ शुल्क तोकिएको महासंघका महासचिव रन्जित कुमार पोदारले जानकारी दिए ।
आईतबार पत्रकार सम्मेलन गरी दिइएको जानकारी  अनुसार मुख्य प्रर्दशनी हल भित्र ४९ वटा ठूला र हल बाहिर ५ वटा ब्रान्डिङ प्रर्दशनी कक्षहरु रहनेछ । प्रर्दशनीमा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स, पावर सोलुसन, मोबाईल एस्सेसोरिज, डिलर र डिष्ट्रीबुसन, इन्टरनेट सेवा प्रदायक, लगायत राखिनेछ । 
माघ १४ गतेको दिनलाई विजनेश डे को रुपमा घोषणा गरिएको छ । महासचिव पोदारले सो दिन विशेषगरी विजनेस हाउसहरुले आफ्नो व्यापारको डिल गर्न सक्ने अवसर रहेको पनि बताउनु भयो । मेलामा निशुल्क इन्टरनेट सेवा पनि प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप